दुईवटा डुँगामा खुट्टा राख्ने काम नगरौं साथीहरु

  • दिल्ली प्रसाद शर्मा

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भारतस्थित सबै श्रमिक नेपालीहरुको अभिभावकिय संगठन हो । अझ भन्नु पर्दा प्रबासी नेपालीहरुको विश्व विद्यालय भन्दा पनि फरक नपर्ला ।

श्रमजिवी नेपालीहरुका समस्या समाधान गर्न अग्रिम पङ्तिमा रहेर काम गर्नु र देश भक्तिय जनतान्त्रिक चेतनाको बिकास, बर्गिय मित्र र बर्ग दुश्मनको परिचय गराउँदै देशमा हुने न्यायीक आन्दोलनको समर्थन गर्ने यस संस्थाको लक्ष्य हो । मुल प्रवाहलाई आत्मैदेखि मायाँ गर्नु र यस सँस्थालाई फलाउने फुलाउने र यसको बिकास गर्ने हामी सबै सदस्यहरुको कर्तब्य हुन्छ ।

यो सँस्थाले नेपालमा राष्ट्रिय जनमोर्चालाई नैतिक समर्थन गर्छ, सबैलाई अबगत भएकै कुराहो । यो संगठन पाँच तहमा बिभाजित छ केन्द्रीय समिति, क्षेत्रीय समिति, नगर समिति, एरिया समिति र टोल समिति । केन्द्रको अधिनस्त क्षेत्रीय समिति, क्षेत्रीय समितिको अधिनस्त नगर समिति, नगर समितिको अधिनस्त एरिया समिति र एरिया समितिको अधिनस्त टोल समिति र सिंगो केन्द्रीय समिति सम्मेलनद्वारा प्रतिपादन बिधानको अधिनस्त हुन्छ ।

साहेद सङ्गठनमा आबद्ध सबैलाई अबगत छ होला, तर मैले यो कुरा किन दर्शाएको भने कतिपय साथिहरुले राष्ट्रिय जनमोर्चालाई पनि नमान्ने, केन्द्रलाई पनि नमान्ने, बिधान पनि नमाने स्वोच्छचारिताबाट चल्ने चाहाने नेपालमा राष्ट्रिय जनमोर्चाले कार्बाही गरेका केही मित्रहरुले बसि वियाँलो केहि गरौं भनि राष्ट्रिय जागरण भन्ने संस्थाको आड लगाइ मूल प्रवाह हौं भन्न नैतिकताले नदिन पर्ने हो ।

यदि मनभित्र एकता समाज गडेको छ भने बिधान मानौ, आत्माआलोचित भएर पुरानै संगठनमा फर्कौं । हैन भने दुई वटा डुँगामा खुट्टा राख्ने काम नगर्दा नै राम्रो होला ।
मित्रहरुलाई सुझाब ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार