दुई दर्जनभन्दा बढी युवा राष्ट्रिय जनमोर्चामा प्रवेश

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर ३ का दुई दर्जनभन्दा बढी युवा राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् । अखिल नेपाल युवक सङ्घ घोराही उपमहानगर समितिले एक कार्यक्रमको आयोजना गरी युवाहरूलाई पार्टीमा प्रवेश गराएको हो ।

राजमोका जिल्ला अध्यक्ष गणेश आचार्यले विभिन्न समयमा युवाहरूलाई भेट गरी मोटिभेसन गरी राजमोमा प्रवेश गर्ने वातावरण निर्माण भएको हो । युवक सङ्घ नगर उपाध्यक्ष सुमन घर्तीको अध्यक्षतामा भएको प्रवेश कार्यक्रममा युवक सङ्घका पूर्व केन्द्रीय अध्यक्ष काशिनाथ पोख्रेल र राजमो जिल्ला अध्यक्ष गणेश आचार्यले मन्तव्य राख्नुभएको थियो ।

सोही कार्यक्रमबाट वडा नम्बर ३ को वडा समितिसमेत गठन भएको छ । समितिको अध्यक्षमा निरज विक, उपाध्यक्ष अनिल विक, सचिव प्रबिन नेपाली, सहसचिव निरज नेपाली, कोषाध्यक्ष जनम नेपाली, सदस्यमा मदन नेपाली, होमबहादुर सुनार, सन्दिप नेपाली, सागर विक, हेमन्त विश्वकर्मा र केदार नेपाली रहनुभएको छ ।

त्यस्तै उपमहानगरपालिकाको विभिन्न वाडाका युबाहरु राष्ट्रिय जनमोर्चामा प्रबेश गरेका छ्न । अखिल नेपाल युबक संघ घोराही उपमहानगरपालिकाले एक कार्यक्रमको आयोजना गरि युबाहरुलाइ प्रबेश गराएको हो ।
नगर अध्यक्ष डोर बहादुर के सि को अध्यक्षतामा भएको कार्यक्रम मा राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्य ले रातो अबिर लगाइ युबाहरुलाइ प्रवेश गराउनु भएको थियोे । प्रवेश कार्यक्रम लाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष आचार्यले युबाहरुको काधमा समाज रुपान्तरण गर्ने जिम्मेवारी भएकोले सधै पार्टीहरुको भोट बैंक र सत्ता प्राप्तिको भर्याङ होइन आफै सचेत र जिम्मेवार भएर लाग्नु पर्ने कुरा बताउनु भयो ।
प्रबेश गर्नेहरुमा सुमन घर्ती को नेतृत्वमा गोबिन्द जि सि, विशाल गाहा, अरुण गुरुङ, प्रदिप घर्ती,सबिन खनाल,तिलक घर्ती, कुसल के सि , अर्जुन खत्री,रक्तबिज घर्ती, चित्र सिंह पुन, माधब घर्ती, दिल कुमार दसौदी, जीवन बिस्ट, अर्जुन थापा, टोपेन्द्र आग्री लगायत रहनु भएको छ । कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघ का जिल्ला सचीव तुल्सिराम पन्थीले पनि मन्तव्य राख्नु भएको थियोे ।
यस्तै अखिल नेपाल युबक संघ जिल्ला सदस्य दिपक रोका घोराही नगर कोषाध्यक्ष दिपक के सि लगायतको उपस्थित रहेको थियोे भने कार्यक्रम को सहजीकरण जिल्ला कोषाध्यक्ष श्रीराम भट्टराई ले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार