दुई बर्षकि नावालीकाको अन्तिम सँस्कार

धर्मराज शर्मा

कोट्टयाम केरला, २१ सेप्टेम्बर । नेपाल बाग्लुङ्ग नगरपालीका वाड नम्बर ८, सिगाना कोरीखोला बिरौटा स्थायी बासिन्दा श्रीमान गजेन्द्र खड्काका छोरा श्रीमान बिमल खड्का बर्ष २६ का र श्रीमती पुजा खड्काको कोखबाट जन्मेकी छोरी बर्ष दुई कि बाबू आमाले काम गर्ने बङ्गाला भित्र खेल्ने क्रममा शोको लागि माछा पालिने पानीको कुवामा परेर अत्यन्तै दुःखत घटना घटेको थियो ।

उक्त दुःखद घटना मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितिमा जानकारी प्राप्त पछि साथिहरु बीच खबर आदानप्रदान गरि २२ सेप्टेम्बरका दिन दक्षिण भारत क्षेत्रीय सहसचिब तथा नगर अध्यक्षका साथै नगर समिति एरिया समिति स्तरिय साथिहरु र आफन्तजनहरु मूल प्रवाह कोट्टयाम नगर समितिको माताहातमा रहेको चेङ्गन्नुर एरिया समितिमा सहभागी भई बङ्गलाको मालिकका छोरा बिनायक र मालिकनका भाइ बिजुको आर्थिक, नैतिक, भौतिक सुझाब सल्लाह र रोबहरमा प्रसासनिक प्रकृयाका साथै पोस्ट माटम पछि दुई बर्षकि नाबालिकाको स्नेह धारा चारिटेवल ट्रष्ट चेङ्गन्नुरमा अन्तिम संस्कार गरेको छ ।

आफ्नो देशमा रहेर घर परिवारहरुको रेखदेखका साथै बिहान बेलुका छाक टार्ने बेबस्था नभएका कारणले भारतका कयौं प्रान्तहरुमा दैनिकी गुजारा चलाउनु पर्ने हामी नेपालीहरुको अबस्था रहँदै आयको छ भने श्रीमान बिमल खड्का पनि पञ्जाबको शहरी हुँदै यसै बर्षको पहिलो महिनामा केरला राज्यको कोट्टयाममा पुगेका थिए । त्यसपछि आफन्तहरुको रोबहरमा नगर अन्तर्गतको चेङ्गन्नुर एरियास्थित जागिर लागेका थिए । नयाँ जागिरमा प्रबेश गरेकै नवौं महिनामा यस्तो दयनीय घटना घट्यो । दोस्रो सु–पुत्रको आगमन पछि न्वारानको दिनमै पहिलो सु–पुत्रीको अन्तिम यस्तो दयनिय घटना कसैलाई पनि नपरोस् भन्दै दुःख प्रकट गर्दछन् ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितिले मृतक नाबालिकाप्रति भावपुर्ण श्रद्वाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनहरु प्रति गहिरो समबेदना प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार