दुई बालिकासहित हराएकी महिलाको मूल प्रवाहद्वारा उद्धार

खिमराज चालिसे,

चंडिगढ, २१ डिसेम्बर । गत दुई महिनादेखि हराएका महिला तथा वालिकाहरुलाई मूल प्रवाहद्वारा खोजीगरि परिवारलाई हस्तान्तरण गरेको छ ।

नवलपुर जिल्ला, कावासेती न.पा.८ बस्ने एक यूवती मिना पुलामी वर्ष ३२ विगत दुई महिनादेखि आफ्ना दुइ छोरी कमला पुलामी वर्ष ११ र ७ वर्षिय छोरी सुमित्रा पुलामीलाई खोजी गरि मूल प्रवाहले उनको आफन्तजनलाई हस्तान्तरण गरेको हो ।

उनीहरु हराएको नवलपुर प्रहरी कार्यालयमा खोजतलासका लागि महिलाका श्रीमान हर्ष बहादुर पुलामीले निवेदन दिएका थिए । प्रहरी कार्यालय नवलपुरद्वारा भारतमा रहेको आसंकाको आधारमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका उत्तर भारत क्षेत्रीय सदस्य लक्ष्मी प्रसाद ज्ञावलीलाई संगठन मार्फत खोजिकार्यमा सहयोग पुर्याउन अनुरोध गरिएको थियो । प्रहरी कार्यालयले केहि प्रारम्भिक सुचना समेत दिएको थियो ।

नेपाल प्रहरीले लक्ष्मी प्रसाद ज्ञावलीलाई दिएको सुचनाका अनुसार उनीहरु हरियाणा हिसारमा रहेको आशंकाका आधारमा नगर समिति हिसारका कार्यकर्ताहरु, परिवारका सदस्य र मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय सल्लाहकार तारा सोमरे, नगर अध्यक्ष नन्द बहादुर लम्तरी, नगर सदस्य केहर सिंह घर्ती मगर, सदस्य राजु परियार र पश्चिमोत्तर क्षेत्रीय समितिका सचिव शालिकराम आचार्य सहितको प्रतिनिधि मण्डल भिवानी बाजारा गाउँमा खोजीतलासी गर्दा कुखुराको फार्ममा कार्य गरिरहेको अवस्थामा ति महिला र वालिकाहरुलाई फेला पारेका थिए ।

हिसार बस्ने आफन्तहरु दिदी उमा कुमाल, भाइ सफल कुमाल र भिनाजु नरेश कुमाललाई २० डिसेम्बर २०२० का दिन मूल प्रवाहका उल्लेखित प्रतिनिधिहरुको रोहबरमा हस्तान्तरण गरिएको तारा सोमारेले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार