दुई वर्षदेखि वेपत्ता देवराजको खोजी गरौं

बेलबहादुर रजाली मगर,

जयपुर ।रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका नमाडी घर भएका ४० वर्षीया देवराज खड्का भारतजको राजस्थानस्थित जयपुरबाट दुई वर्षदेखि हराइरहेका छन् । खड्काको खोजीका लागि पहल गरिदिन परिवारजनले आग्रह गरेको छ ।

देवराजका दाजु रंगबहादुर खड़काले उनको खोजी कार्यमा पहल गरिदिन आग्रह गर्नु भएको छ । दाजु रंगबहादुरका अनुसार देवराज जयपुरको निर्माण नगर क्षेत्रमा काम गर्थे । पछिल्लो पटक दाजु रंगबहादुरले घरमा पूजा छ जाऊँ भन्दा उनी घर जान मानेका थिएनन् ।

पछि रंगबहादुर घर गएर फर्किँदा देवराज पुरानो ठाउँमा भेटिएनन् । उनीसँग मोबाइल पनि नभएको हुँदा सम्पर्क हुन सकेन । आफूले चिने जानेका, गाउँ आसपासका मानिसहरु भएको ठाउँमा खोज तलास गर्दा पनि उनी भेटिएका छैनन् । उनी अहिलेसम्म सम्पर्कविहीन छन । देवराजको घरमा ८० वर्षीया आमा, श्रीमती, १६ वर्षको छोरा तथा १२ र २३ वर्षका दुई छोरी छन् ।

लामो समयदेखि देवराज सम्पर्कविहीन हुँदा घरपरिवारमा चिन्ता छाएको छ । उनलाई देखे भेटेमा वा कुनै जानकारी भएमा भारतमा ९१–९९२९४६५०६१ वा ९१–९९२९१३०६४४ र नेपालमा ९७७–९८४०८९४५०४ मा सम्पर्क गरिदिन हुन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार