दुबईमा एकता समाजद्वारा बनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न

दुबई, २४ जनवरी । युएई नेपाली एकता समाज केन्द्रीय समितिको आयोजनामा बनभोज तथा भेटघाट कार्यक्रम दुबईको कृक पार्कमा सम्पन्न पारिएको छ । सयौंको संख्यामा उपस्तिथित नेपाली श्रमजिवी दाजुभाइ तथा दिदीबहिनीहरुको बिचमा भव्य र भावनात्मक रुपमा सम्पन्न उक्त कार्यक्रम अर्जुन प्रसाद उपाध्यायको अध्यक्षता र महासचिव टिकाराम नेपालीको सञ्चालनबाट अघि बढेको थियो । कार्यक्रममा अतिथिको आशनग्रहण पश्चात साथीहरूलाई समितिका कोषाध्यक्ष दिनेश थापाले स्वागत मन्तव्य दिनुभएको थियोे भने रक्तिमका कलाकारहरुले गित संगितद्वारा स्वागत गर्नुभएको थियो ।

 

कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय अध्यक्ष जयबहादुर बिकले कार्यक्रमको औचित्यता माथी प्रकाश पार्दै नेपालीहरुको बिचमा भातृत्वको भावना, राष्ट्रियताको भावना जागृत गराउन ठूलो सहयोग पुराउने बताउनु भएको थियो । देशको बर्तमान अवस्थाबारे चर्चा गर्दै विकले भन्नु भयो– “सरकारले संसदबाट अनुमोदन गराउन खोजेको एमसिसि ले कुनै पनि हलतमा देशको हितमा छैन ।” साथै विकले प्रबासबाट पनि आ–आफ्नो ठाउँबाट यसको बिरोध गर्न सबैलाई आह्वान गर्नुभयो ।

कार्यक्रमका महिला विभागकि अध्यक्ष बिनु केसी, रक्तिम विभाग इन्चार्ज राम अविरल, आबुधाबी क्षेत्रीय समितिका सचीव सोब बहादुर परियार, दुबई क्षेत्रीय समितिबाट केपि बिरही, रसलखेमा क्षेत्रीय समितिका चुडामणिा शर्म, उमालकोइन क्षेत्रीय समितिबाट देब काफ्ले, आबुधाबी महिला विभागकि साबित्रा खनाल, मेष इन्चार्ज शिवराज तिमिल्सिना, सैनामैना सेवा समाजका अध्यक्ष केशव ढकाल, प्रगतिशील पत्रकार खेमलाल पाण्डे, समाज सेवि लक्षमण अर्याल, कपिलवस्तु सेवा समाजका प्रेम सुनार, बुद्दिजिबी रमेश गिरी र नारायण प्रसाद घिमिरेले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो । रक्तिमका कलाकारहरुले गित संगितद्वारा मनोरञ्जन प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा महिला म्युजिक चियर खेल खेलाइएको थियो, १२ जना दिदिबहिनीहरुले भाग लिएको उक्त खेलमा प्रथम, द्वितिय र तृतीय हुने खेलाडीहरु भावना पाण्डे, मिना थापा र निरु शर्मालाई प्रमुख अतिथि जयबहादुर विकले पुरस्कार प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार