दुर्गा बहादुर केसी अध्यक्ष रहेको अन्तर्राष्ट्रिय नेपाली एकता समाजमा नै प्रतिवद्ध छौं : मूल प्रवाह

नयाँ दिल्ली, २७ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दुर्गाबहादुर केसी अध्यक्ष रहेको अन्तर्राष्ट्रिय नेपाली एकता समाजप्रति नै प्रतिवद्ध रहेको बताएको छ । समाजका महासचिव ठाकुर खनालले समाजको तर्फबाट प्रेसवक्तव्य जारि गरि सो जानकारी गराउनु भएको हो ।

खनालले वक्तव्यमा दुर्गा शर्माको अध्यक्षतामा गठित अन्तर्राष्ट्रिय नेपाली एकता समाज फूटपरस्त तत्वहरुले आयोजित भेला भएकोले उक्त भेलालाई कथित भेला भएको बताउनु भएको छ ।

प्रेसवक्तव्यमा खनालले भन्नु भएको छ :

“यहि मिति २०७८ असौज ११ गते तदानुसार सितम्बर २७, २०२१ का दिन भर्चुअल माध्यमबाट अन्तर्राष्ट्रिय नेपाली एकता समाजको नाममा कथित छैठौं भेला सम्पन्न भएको समाचारप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।

उक्त कथित छैठौं भेलाबाट समितिमा चयन भएका पदाधिकारी र सदस्यहरुको विबरण हेर्दा सङ्गठनमा फुटपरस्त गतिविधिमा संलग्न व्यक्तिहरुद्वारा नै सो भेला आयोजित थियो भन्ने प्रमाणित हुन्छ । उनीहरुको उदेश्य सकेसम्म सङ्गठनको नेतृत्व कब्जा गर्ने, नसके नीति, नियम, पद्धति, अनुशासनमा नबस्ने, समानन्तर गतिविधि सञ्चालन गर्ने र सङ्गठनमा फुटपार्ने नै हो । सोही योजना अनुसार नै अन्तर्राष्ट्रिय नेपाली एकता समाजको नाममा कथित छैठौं भेला सम्पन्न भएको भन्न सकिन्छ ।

संगठनको नेतृत्व कब्जा गर्ने वा संगठनको सामाजिक सम्पत्ती कब्जा गर्ने चाहना पुरा गर्न फूटपरस्त तत्वहरु असमर्थ रहेका छन् । त्यसका साथै उनीहरु देशको राजनीतिक परिदृष्यबाट पनि पूर्णरुपमा नांगिएर गएका छन् । त्यसबाट हतोत्साही भएर विभिन्न स्थानहरुमा समानन्तर समिति गठन गर्ने गतिविधिमा घोषित रुपले अगाडि आएका छन् । विश्वका विभिन्न देशहरुमा छरिएर रहेका श्रमजीवी नेपालीहरूको अभिभावकीय भूमिका निर्वाह गर्दै आएको छाता संगठन अन्तर्राष्ट्रिय नेपाली एकता समाजमा पनि फुटपार्ने र आफ्नो निहित स्वार्थ पूर्तिगर्ने चाहना अनुसार नै उनीहरुले सो कथित छैठौं भेला आयोजना गरेका थिए । तर उनीहरुको त्यो चाहाना कदापी पुरा हुने छैन । संगठन विरोधी तत्वहरुले चलाएको फूटपरस्त गतिविधिलाई विश्वभरि छरिएर रहेका श्रमजिवीहरुले अविचलित रुपमा संघर्ष गर्दै परास्त गर्ने छन् ।

अन्तमा : हामी यो स्पष्ट गर्न चाहन्छौं कि सङ्गठनको नीति, विधान, पद्धति र अनुशासनका विरुद्ध हुने कुनै पनि प्रकारका कार्यक्रम र गतिविधिप्रति भारत प्रवासमा रहेका श्रमजीवी नेपालीको अभिभावकीय भूमिका निर्वाह गर्दै आएको सङ्गठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको कदापी समर्थन रहने छैन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सिंगो संगठन अध्यक्ष दुर्गाबहादुर केसीको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय नेपाली एकता समाजप्रति नै प्रतिवद्ध भएको यसै प्रेसवक्तव्य मार्फत सार्वजनिक गर्दछौँ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार