दुर्घटनामा बालक घाइते

तारा सोमारे

हिसार, २९ अक्टुवर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समिति अन्तर्गत सिटि एरिया बि अनाज मण्डी टोल समितिका अध्यक्ष विष्णु प्रसाद पोख्रेलको आठ वर्षिय छोरा सौरव पोख्रेललाई २७ अक्टुवर साँझ मोटरसाइकलले टक्कर हान्दा खुट्टा भाँचिएको थियो ।

सो सम्वन्धमा सिविल अस्पतालमा हिसारमा मेडिकल गराइ अनाज मण्डी हिसार चौकिमा रिपोर्ट दर्ज गरिएको छ । अहिले वालको जिन्दल हास्पिटल हिसारमा गरि २८ अक्टुबरको आप्रेशन पनि भएको छ ।

दुर्घटनामा संलग्न आरोपीको परिचय खुलेको र वालकको उपचार खर्चको लागि पहल भईरहेको र मूल प्रवाह हिसार नगर समितिले सिघ्र स्वस्थ लाभको कामना गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार