दुर्घटना न्युनिकरण र कोरोना संक्रमण सम्बन्धी जिल्ला ट्राफिकद्वारा सडकमै प्रशिक्षण

अर्घाखाँची । सवारी दुर्घटना न्युनिकरण तथा सहज ट्राफिक ब्यबस्थापन गरी सवारी आगमनलाई सहज र सुरक्षित बनाउनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले दिएको छ ।

सन्धिखर्क नगरपालिका १ च्यानडाँडा स्थित सन्धिखर्क–तम्घास सडक खण्डमा जिल्ला ट्राफिक कार्यालयबाट प्र.स.नि लोकराज न्यौंपानेको कमाण्डमा खटिएको ट्राफिक चेकिङ टोलीले प्रशिक्षण दिएको छ ।

अस्थायी ट्राफिक प्रहरी पोष्ट ठाडा खटिएको टोलीले सितगंगा नगरपालिका वार्ड नं. ३ ठाडा स्थित गोरुसिङगे–सन्धिखर्क सडक खण्डमा संयुक्त ट्राफिक चेकिङ टोली थियो ।

सन्धिखर्क नगरपालिका ६ नरपानी स्थित अस्थाई ट्राफिक प्रहरी पोष्ट नरपानीबाट खटिएको संयुक्त ट्राफिक चेकिङ टोलिले बिभिन्न सवारी साधनका चालक, सह–चालक र सवार यात्रुहरुलाई बर्षाको समयमा बाढी पहिरोको कारण सडकमा हुने अवरोध, सडक अप्ठ्यारो भई हुने दुर्घटना, अन्य विविध कारणले हुने दुर्घटना बारे जानकारी गराएको थियो ।

यस्ता दुर्घटनाबाट कसरी सुरक्षित हुने सम्बन्धि तथा कोरोना भाईरस (कोभिड(१९) बाट चालक तथा सह–चालक र यात्रुहरुलाई सुरक्षा सतर्कता अपनाई सामजिक दुरी कायम गर्ने, सेनिटाईजर प्रयोग गर्ने, यात्रु वाहक सवारी साधनहरुमा सिट क्षमताको ५०५ मात्र यात्रु राख्ने, मास्कको प्रयोग गर्ने जस्ता बिषयमा चालक, सह–चालक र यात्रुहरु गरी ३ पटकमा ६५ जनालाई सडकमै प्रशिक्षण दिईइको जानाकारी जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले दिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार