देब बहादुर लामिछाने साधरण सदस्य समेतबाट निश्काशित

नयाँ दिल्ली, १८ अप्रेल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका पूर्व उपाध्यक्ष देब बहादुर लामिछाने समाजले साधरण सदस्यबाट समेत निश्कानमा परेका छन् । लामिछानेले संगठनको नीति तथा अनुशासन विरुद्ध लागेको कारण निश्कासित गरिएको समाजका महासचिव ठाकुर खनालद्वारा हस्ताक्षरित जारि विज्ञप्ती मार्फत सार्वजनिक गरिएको छ ।

विज्ञप्तीमा पूर्व केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय समितिका पूर्व अध्यक्ष महेन्द्र बस्याललाई संगठनको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको उल्लेख छ ।

सोही विज्ञप्तीमा खनालले दक्षिण भारत क्षेत्रीय समितिको कार्यवाहक अध्यक्षमा चन्द्र बहादुर थापा चयन भएको समेत जानकारी गराउनु भएको छ । विज्ञप्तीमा लेखिएको छ :

“तत्काल केही विषयमा स्पष्ट गर्नका लागि यो प्रेस विज्ञप्ती जारि गरिएको छ ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको दिनांक २०–२१ मार्च २०२१ मा बसेको नवौं बैठकले समितिका उपाध्यक्ष देब बहादुर लामिछाने र केन्द्रीय सदस्य महेन्द्र बस्यालले सांगठनिक अनुशासन उल्लंघन गरेकाले वहाँहरु दुबैलाई केन्द्रीय समिति, क्षेत्रीय समिति तथा संगठनको सबै तहका समिति एवं विभागीय जिम्मेदारीबाट हटाइएको थियो । त्यसका साथै १४ अप्रेल २०२१ का दिन देब बहादुर लामिछानेलाई संगठनको साधारण सदस्यबाट समेत निश्कासन गरिएको थियो । जसको जानकारी आन्तरिक रुपमा तलसम्म गराई सकिएको छ, तर सार्वजनिक गरिएको थिएन ।

आजै बसेको मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिको बैठकले चन्द्र बहादुर थापालाई कार्यवाहक अध्यक्षको रुपमा चयन गरेको छ । तर महेन्द्र बस्यालले बेंगलोरमा भएको एउटा बैवाहिक कार्यक्रमको शुभकामना मन्तव्यमा आफूलाई दक्षिण भारतको क्षेत्रीय अध्यक्ष र देब बहादुर लामिछानेलाई केन्द्रीय उपाध्यक्ष बताउनु भएको छ । साथै वहाँले अनुशासन हिनता कै कारणले क्षेत्र तथा स्थानीय समितिहरुले जिम्मेवारी मुक्त गरेका कतिपय अन्य व्यक्तिहरुलाई पनि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको नेता कार्यकर्ताको रुपमा प्रचारित गर्नु भएको छ ।

वहाँहरुलाई संगठनले आन्तरिक कार्यवाही गरेको हुँदा सार्वजनिक गरिएको थिएन । तर अहिले वहाँहरु सार्वजनिक रुपमै संगठन विरुद्ध गतिविधिमा संलग्न भएको पाइएको हुँदा महेन्द्र बस्याल मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सबै जिम्मेवारीबाट हटाइएको र देब बहादुर लामिछानेलाई साधारण सदस्य समेत नरहेको यसै वक्तव्य मार्फत सार्वजनिक गर्दछौं ।

सरोकारवाला निकायहरु, विभिन्न राजनीतिक, सामाजिक संघ संस्था, पत्रकार लगायत हाम्रो संगठनका नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक एवं नेपाली दाजुभाई दिदी बहिनीहरुलाई वहाँहरुले फैलाएको भ्रममा नपर्न अनुरोध गर्दछौं ।”

[pdf-embedder url=”http://nepaliekta.com/wp-content/uploads/2021/04/MP-Statement-18-Apr-2021.pdf” title=”MP Statement 18 Apr 2021″]

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार