देहरादुनमा कुटिएका दुई नेपालीसहित पाँच विद्यार्थी नेपाल पुगे

काठमाडौँ । भारतको देहरादुनमा दसैँको टिकाको दिनमा कुटिएकामध्ये दुई नेपाली विद्यार्थी नेपाल आइपुगेका छन् । दुई नेपाली विद्यार्थीसँगै पश्चिम बङ्गालका तीन जना विद्यार्थीहरू पनि महेन्द्रनगर आएका छन् ।

बिहिबार ती विद्यार्थी पश्चिमी नाका गड्डाचौकी हुँदै कञ्चनपुरको महेन्द्रनगर आइपुगेका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार देहरादुनको शाक्य एकेडेमीमा अध्ययनरत दुई नेपाली विद्यार्थी महेन्द्रनगर आइपुगेका हुन् । ती विद्यार्थी एक जना मकवानपुरका नवीन तामाङ र अर्का बागलुङका भूमिराज घर्तीमगर हुन् । उनीहरुलाई अभिभावकसँग समन्वय गरेर घर पठाइने प्रहरीले जनाएको छ ।

देहरादुनको डिकिलिङस्थित शाक्य एकेडेमीमा अध्ययनरत ५१ नेपाली विद्यार्थीलाई त्यहाँका अध्यक्ष एवम् प्रमुख लामा रिम्पोचे ज्ञानबज्रले कुटपिट गरेका थिए । दसैँतिहारको बिदामा घर फर्कन पाऊँ भन्दै निवेदन दिएका नेपाली विद्यार्थीमाथि रिम्पोचेले कुटपिट गरेको आफन्तले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार