दोर्ण पोख्रेलप्रति मसालद्वारा श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका नेता दोर्णप्रसाद पोखरेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।  नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले मंगलबार शोक वक्तव्य प्रकाशित गरी पोख्रेलप्रति पार्टीको तर्फबाट श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।

पोख्रेलको सोमबार भारतको पञ्जावमा उपचारका क्रममा निधन भएको थियो ।

यस्तो छ, वक्तव्य

‘का. दोर्णप्रसाद पोख्रेल प्यूठान जिल्लाको साविक पकला गा.वि.स.मा जन्म भई हाल कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ५ का स्थायी वासिन्दा हुनुहुन्थ्यो । बुवा बुद्धिराम र आमा डासीदेवी पोख्रेलको कोखबाट जेठो सन्तानको रुपमा जन्मिनुभएका का. द्रोणप्रसाद रोजगारको सिलसिलामा धेरै वर्ष अगाडिदेखि भारतको पञ्जावमा रहँदै आउनुभएको थियो । उहाँको २०७७ भाद्र २२ गते ५९ वर्षको उमेरमा पञ्जावको पटियालास्थित राजेन्द्र अस्पतालमा उपचाररत् अवस्थामा मृत्यु भएको छ ।

का. पोख्रेल नेपाल कम्युनिस्ट पार्टी (मसाल)को सदस्य हुनुहुन्थ्यो । उहाँ नेपाल कम्युनिस्ट पार्टी (मसाल) पञ्जाव जिल्ला समितिको कोषाध्यक्ष हुनुहुन्थ्यो । उहाँले मूलप्रवाह एकता समाजका बिभिन्न तहमा पनि रहेर लामो समयदेखि सामाजिक सेवाको जिम्मेवारी पनि पूरा गर्दै आउनुभएको थियो । उहाँ पार्टीमा सामेल भएपछि स्वच्छ छविका साथ अविचलित, निरन्तर र अनुशासित रुपमा कार्यरत् हुँदै आउनुभएको थियो । त्यसरी उहाँ पार्टीबाट प्राप्त जिम्मेवारीलाई इमान्दारितापूर्वक पूरा गर्ने इमान्दार, जुझारु र होनहार कामरेड हुनुहुन्थ्यो । उहाँको मृत्युबाट पार्टीलाई गम्भीर क्षति पुगेको छ ।

हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जलीका साथै सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार