धान दिवस को शुभकामना

केशव गाहा (पाल्पाली)
।।
बर्षाको हिलो असारे गीत खेतको आलीमा
आजै हो खाने सबैले दही चिउरा थालीमा
।।
छुपुमा छुपु रोपेर धान छोडिन्छ यो साल
फल्नेछ पक्कै मूरीको मूरी यै ऐले पालीमा
।।
खेताला संगै सुरमा सुर मिलाई रसिलो
कोईली पनि गाउँछ गीत बसेर डालीमा
।।
पसिना पोखी निर्बाह गर्ने गरीब दुखीको
अडेको हुन्छ जिन्दगी सधै हलो र फालीमा
।।
सबैले धान दिवस आज मनाई रहेछन्
मिलेर संगै पूर्वमा मेची पश्चिम कालीमा ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार