धारेहातको लोकप्रियता

  • धर्मराज शर्मा

हिजो पनि आए कै हुन्, नेतृत्वलाई धारेहात लाउँदै ।
आज पनि आएका छन्, उस्तै गाली गलौज गर्दै ।
भोलि पनि आउँने नै छन्, नेतृत्व धोकेबाज भन्दै ।
पर्सी पनि आउने छन्, दक्षिणपन्थीको जालो बुन्दै ।
समय समयमा आउने छन्, गालीगलौजको पगरी लाउँदै ।।

बिहान जुरुक्क उठ्नासाथ, नेतृत्व ऐना हेर्दैछन् रे ।
हातमुख धुनु छैन, चियाको प्यलासँगै सराप दिन्छन् रे ।
न्वाँईध्वाँई गर्ने हैन, मन्त्रनै नेतृत्व कण्ठ पार्दैछन् रे ।
अरु त छाडौं निंद्रामा पनि नेतृत्व कै माला जप्दैछन् रे ।
एउटै स्वरमा कथित क्रान्तिकारी धुरुधुरु रुँदैछन् रे
आर्थिक मन्दी गरि नेतृत्व धोष्त पार्ने नीति बनाउदैछन् रे ।।

फोनमा बोल्दा नेतृत्वलाई धारे हात लाउँदैछन् रे ।
हाँस्दा पनि नेतृत्वलाई गिजाउँदै हाँस्दैछन् रे ।
खाँदा पनि नेतृत्वलाई सम्झिसम्झि बल चढाउँछन् रे।
नीतिका कुरा गर्दा नेतृत्वलाई दक्षिणपन्थि बनाउँछन् रे।
पद्वतीका कुरा गरे फेसबुकैमा सर्वोच्च बोलाउँछन् रे।।

कथित क्रान्तिका संगित सुनाउँदै हिड्दैछन् रे ।
अराजक्ताको खेती गरी क्रान्ति गर्छु भन्दैछन् रे ।
स्वच्छचारिताको शिकार गरी भकारी भर्दैछन् रे ।
जिल्ला र क्षेत्र छुटाउन नसक्नेले चियो गर्दैछन् रे ।
अधिनायकबादले ग्रस्थित बनी पदलोलुप्ता देखाउदैछन् रे ।

मूल प्रवाहको लोगो र लेटरप्याड बैधानिक मान्दैछन् रे ।
सदस्यता प्याड पनि मूल धार कै प्रयोग गर्दैछन् रे ।
केन्द्रीय अध्यक्षको हस्ताक्षर पनि बैधानिक मै चल्छन् रे ।
चिन्तन पनि कस्तो ब्याक्ती मात्र अबैधानिक मान्छन् रे ।
समानन्तर समिति भन्दै युवाहरुलाई भ्रम छर्दै छन् रे ।
कथित क्रान्तिको नाममा धेरैलाई बन्दी पार्दैछन् रे ।।

तिम्रालोक प्रियताका मन्त्र नजपे हुन्छ अब ।
सचेत कार्यकर्ता आम नेपाली जागिसके ।
कथित क्रान्तिका मिठासका मिठाई चाखिसके ।
अराजकतालाई प्रस्त पार्न ठाउँठाउँबाट जागि सके ।
संगठन निर्माणका लागि कार्यकर्ताले झोला बोकि सके ।।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार