धुल्लुबास्कोट र हुग्दिशिरमा अखिल (छैठौं)को प्रशिक्षण

तिलक थापा,

बागलुङ बजार । आगामी चैत २० र २१ गतेको चौबिसौँ बागलुङ जिल्ला सम्मेलनको पूर्वसन्ध्यामा अखिल (छैठौं) बागलुङले जिल्लाव्यापी रूपमा आफ्नो गतिविधि तीव्र पारेको छ ।

जसअन्तर्गत बरेङ गाउँपालिका वडा नं १ धुल्लुबास्कोटस्थित धुल्लु लिउवा मावि र बरेङ बजार स्थित सर्वोदय माविमा अखिल छैठौंको एकाइ प्रशिक्षण भेला कार्यक्रम २०७७ फागुन २३ गते सम्पन्न भएको छ ।

कार्यक्रममा अखिल छैठौ बागलुङका सल्लाहकार मनिष कँडेल, जिल्ला सदस्य गणेश सापकोटा, पूर्व जिल्ला सदस्य आशिष गुरुङ र जीवन थापाले प्रशिक्षण दिनुभएको थियो ।

धुल्लु लिउवा मावि धुल्लुबास्कोटमा सम्पन्न भेलाले बिपिन परियारको अध्यक्षतामा २७ सदस्यीय अखिल छैठौ धुल्लुलिउवा मावि एकाइ समिति चयन गरेको छ, जसको उपाध्यक्षमा मुकेश गिरी, सचिवमा पूर्णिमा विक, सहसचिवमा रोशन परियार र कोषाध्यक्षमा ललिता थापा रहनुभएको छ ।

त्यसैगरी सर्वोदय मावि बरेङ बजारमा सम्पन्न भेलाले राजु शर्माको अध्यक्षतामा १७ सदस्यीय अखिल (छैठौं) मावि एकाइ समिति चयन गरेको छ, जसको उपाध्यक्षमा प्रवेश शर्मा, सचिवमा मनिषा थापा, सहसचिवमा सन्देश थापा र कोषाध्यक्षमा गोपाल भण्डारी रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार