नवलपरासीमा युवक संघको प्रशिक्षण

नवलपरासी । अखिल नेपाल युवक संघ नवलपरासीको आयोजनामा सुनवल नगरपालिका–६ तिल्कानामा संघको जिल्लास्तरीय युवा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार भएको सो कार्यक्रममा युवक संघका महासचिव कृष्णराज पाण्डेले युवा राजनीति र युवक संघको ईतिहासका विषयमा प्रशिक्षण दिनुभएको थियो । यस्तै, वामपन्थी नेता कृष्णराज पौडेलले संगठन र अनुशासन तथा राष्ट्रिय जनमोर्चाका जिल्ला सल्लाहकार तिलकप्रसाद सुवेदीले समसामयिक विषयमा प्रशिक्षण दिनुभएको थियोे ।

कार्यक्रममा राजमो जिल्ला अध्यक्ष किसनबहादुर अधिकारी, रक्तिम सांस्कृतिक अभियानका जिल्ला अध्यक्ष मेघराज गौतम, अखिल नेपाल जनजाति सम्मेलनका जिल्ला अध्यक्ष शेरबहादुर सूर्यवंशि, अखिल (छैठौं) का जिल्ला अध्यक्ष सगर सुवेदीको उपस्थिति थियोे ।

युवक संघका जिल्ला अध्यक्ष कुलराज गौतमको सञ्चालन तथा कोषाध्यक्ष अनिता केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला सदस्य पार्वती रोकाले स्वागत गर्नुभएको थियो भने जिल्ला सदस्य कल्पना जिसिले धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार