नागरिकता अध्यादेशबाट ल्याउने विषय होइन : थापा

नेपाल बार एसोसियसनका पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता शम्भु थापाले नागरिकता अध्यादेशबाट जारी गर्न मिल्ने विषय नै नभएको तर्क राख्नुभयो ।

‘नागरिकता त संविधानभन्दा माथिको विषय हो’ उहाँले भन्नुभयो– ‘अझै कामचलाउ सरकारले त झन् नागरिकताजस्तो गम्भीर विषयमा अध्यादेशमार्फत ल्याउनै मिल्दैन ।’

उहाँले अध्यादेशको प्रचलन प्रधानमन्त्रीय प्रणालीको जननी देश बेलायतबाटै हटासकिएको बताउनुभयो । उहाँले विश्वका धेरै देशमा अब अध्यादेशको प्रचलन हटिसकेको बताउनुभयो ।

‘अध्यादेशले सरकारलाई स्वेच्छाचारी बनायो’ उहाँले भन्नुभयो– ‘संसद चल्न नसक्ने खास अवस्थामा सुशासनका लागि अध्यादेश ल्याउने हो । तर त्यसो हुन सकेन ।’

उहाँले संविधानको धारा ७७ अनुसार विश्वासको मत लिन सकिनँ भनी स्वीकार गरिसकेका प्रधानमन्त्री ओली स्वतः कामचलाउ भइसकेको बताउनुभयो ।

उहाँको थप भनाइ थियो– ‘यस्तो प्रधानमन्त्रीले राजीनामा दिनुपर्दैन, स्वतः कामचलाउ अवस्थामा आइसकेको हुन्छ ।’

ओलीले पहिला पार्टी ध्वस्त पारे, अब संविधान ध्वस्त पार्दैछन् : केसी

नागरिकता राष्ट्रियतासित जोडिन्छ : पुरी

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार