नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको आयोजनामा “नागरिकता ऐन अध्यादेश र राष्ट्रियता रक्षाको प्रश्न” बारे अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रपतिद्वारा जारि नागरिकता अध्यादेशले नेपाललाई सिक्किमीकरण तर्फ धकेल्ने काम भएको अधिवक्ता पदम रोकाले बताउनु भएको छ । “नागरिकतालाई कागजको खोस्टो नसंझिऔं ।” अधिवक्ता रोकाले भन्नु भयो– “मुलुकहरुले आफ्नो देशका नागरिकहरुका लागि राजनीतिक, राष्ट्र, राष्ट्रियता, पहिचान, सार्वभौम अधिकार लगायतको व्यवस्था नागरिकतबाारा गरेका हुन्छन् ।”
त्यो देशको लागि वलिदानी दिएका आफ्ना पूर्वजहरुका सन्तानले मात्रै वंशजको आधारमा नागरिकतामा प्राप्त गर्न सक्ने रोकाले बताउनु भयो । राष्ट्रपति मार्फत नागरिकता अध्यादेश जारी गरेर प्रधानमन्त्री ओलीले देशलाई सिक्किमीकरणको दिशातर्फ धकेल्ने काम गरेको बताउनु भयो ।
वरिष्ठ अधिबक्ता वोर्ण बहादुर कार्कीले आजको मुख्य विषय “नागरिकता ऐन अध्यादेश र राष्ट्रियता रक्षाको प्रश्न” अन्तरवस्तुमा केन्द्रित रहि, विभिन्न एङ्गलद्धारा आफ्ना धारणा ब्यक्त गर्दै सहभागिहरुलाई प्रष्टाउनु भएको थियो । त्यस्तै कार्यक्रममा राष्ट्रिय जनजागरण परिषद् अध्यक्ष ब्यक्तित्व साध्य बहादुर भण्डारी लगायतका व्यक्तित्वहरुले मन्तव्य दिनुभएको थियो ।
समाजका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीको अध्यक्षता र महासचिव ठाकुर खनालको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा सहभागिहरुलाई केन्द्रीय उपाध्यक्ष कपिल खनालले गर्नुभएको थियो ।
भर्चुभल माध्यममा आयोजित गरिएको सो अन्तरक्रिया कार्यक्रममा भारत भरिका क्षेत्र तथा नगर समितिसम्मका ४६८ जना प्रत्यक्ष सहभागि रहेको थियो । भने विभिन्न अनलाईन पेजहरुबाट सिधान प्रसारण गरिएको थियो ।