नागरिकहरुप्रति उदासिन सरकार

जनक राज पौडेल

अहिले विश्व मानव जाति नवोल कोरोना भाईरस् (कोविड १९) बाट आक्रान्त छ । डिसेम्बर महिनाको मध्यबाट यो संक्रमण माहामारीको रुपमा विश्वका अधिकांश मूलुकमा फैलिएको छ । हजारौं संख्यामा मानिसहरुको ज्यान लिइसकेको छ । लाखौ संख्याको दरमा मानिसहरु संक्रमित भएका छन् । केहि संक्रमितहरु ठिक भएर घर फर्किएका खबरहरु पनि छन् तर संक्रमित ठिक भएर घर फर्किए पनि पुनः त्यो संक्रमणमा बल्झिएका खबरहरु पनि उत्तिकै आइरहेका छन् ।

कोरोना भाईरस् जैविक सुक्ष्म जिवाणु भएको हुँदा यसको द्धार हात हुदै नाक मूखबाट मानिसहरुको शरिरमा प्रवेश गर्ने घाँटीमा पनि केहि समय रहने सक्ने त्यस पछि फोक्सोमा प्रवेश गर्दै सयौंको संख्यामा भाइरस उत्पादन गरि मानिसहरुलाई आक्रमण गर्ने, शुुुुरुमा रुघाँ, सुख्खा खोकी, एक सय दुइ डिग्रि माथी ज्वरो र थकान आदि लक्ष्ण देखा पर्ने भनिएको छ । यद्यपि ति प्रकारका लक्ष्णहरु नदेखिएका र सामान्य अबस्थाका मानिसहरुमा पनि कोरोना संक्रमण पोजेटिभ देखिएका समाचार आएको स्थिति पनि छ ।

कोरोना भाइरस् नियन्त्रण गर्नेे प्रयासमा विश्व स्वास्थ्य संगठन र विश्वका तमाम् मेडिकल ईन्टिच्युटमा वैज्ञानिकहरु रिसर्चका लागि दत्तचित्तका साथ दिन रात खटिरहेका छन् । तर अहिलेसम्म कुनै भ्याक्सिन वा मेडिसिन पत्ता लगाउन सकिरहेको अबस्था छैन । मेडिकल विज्ञहरु अनुशन्धनमा ब्यस्त भए पनि भ्याक्सिन तयार गर्नेे विषय जादुको छडि नहुने र केहि महिना लाग्ने जानाकारी पनि दिइरहेका छन् ।

यस्तो परिस्थितिमा संक्रमणबाट बच्न र फैलिन नदिने विकल्पको रुपमा बारम्बार विश्व स्वास्थ्य संगठनले सावधानी गराउँदै बारम्बबार हात धुुुुने हातले अनुहारमा नछुने, समुदायबाट बच्ने सामाजिक दुरी कायम राख्नु पर्ने, सुझाउदै आएको छ । उक्त शुुुुत्र आत्मसाथ गर्दै विश्वका धेरै देशहरु बन्दाबन्दीको अबस्थाबाट गुज्रिरहेका छन् ।

गत बर्ष डिसेम्बर महिनामा चीनको वुहान प्रान्तबाट पहिलो पटक नवोल कोरोना भाइरस् संक्रमण शुरु भएको थियो । त्यसले जब चीनमा माहामारीको रुप लिईरहेको थियो । त्यस समयमा विश्वका अन्य देशहरु सामान्य अबस्थामा थिए । अहिलेको स्थितिको साहेदै अनुमान गरेका थिए होलान् । युरोपिन मूलुक र अमेरिका, बेलायतले त उक्त भाइरस् बारे टेरपुच्छर लाग्ने शुुुर नै थिएन । बरु ति विकशित राष्ट्रहरुले कोरोना भाइरस् यदि छिरी हाल्यो भने आफ्ना देशहरुले कावुमा राख्दै जहाँको त्यहि अन्त्यष्टी गर्दिने भन्दै हुँकार छोडेका थिए । त्यो हुँकार कति हद तलसम्मको वौलाहट् रहेछ भन्ने वर्तमानले सावित हुदै छ । जगतले प्रत्यक्ष देखिरहेको पनि छ ।

अमेरिका र युरोपियन देशहरु कति भुुुलभुुुुलैयामा रहेछन् भने, चीनबाट धेरै लामो दुरीमा रहेको हुँदा कोरोनाको रफ्तार अमेरिका, युरोप आइपुग्न सम्भव नरहेको भन्ने सोंच अहिलेको युगमा मानव जाति विश्व भरि पुग्ने अबस्था हो । त्यो आफैमा कति असफल अनुमान गरिरहेका थिए । रोकथामको कुनै तयारी नै नगर्नुको परिणाम स्थिति अरु भयावह भयो ।

जब कोरोना भाइरस् ज्वारभाटाको रुपमा ति शक्तिशाली आणाविक भट्टीहरुले सु–सञ्जित देशमा शासकहरुका मुटू हल्लाउने गरि प्रवेश गर्यो, बल्ल होस् खुुुुल्न थाले । चित्कारहरु सुनिन थालेका छन् । तिनै साम्राज्यबादी धुुुुर्तहरुले प्रकृतिको दोहन गर्दै विश्वमा आफ्नो कब्जा जमाउन केमिकल रसायन उत्पादन र आणाविक भट्टिको प्रतिस्पर्धाले विश्व मानव जाति नै यस प्रकारको संकट झेल्दै ठुुुुलो क्षति ब्यहोर्नु परिरहेको छ ।

कोरोना भाइरस् संक्रमणको शुुुुरुमा चीनको आसपासमा रहेका देश ताइवान, उत्तर कोरिया लगायतले पहिल्यै सतर्कता अपनाउँदै जनतालाई सचेत बनाउँदै आए । पुरा योजना सहित ताईवन र उत्तर कोरिया रहेको थियो । अहिले पनि ति देशहरु करिव कोरोना भाईरस्बाट मुक्त रहन सफल भएका छन् । युरोपियन देश इटाली, स्पेन लगायत कोरोना भाइरस्बाट ठुुुुलो मानवीय क्षति ब्यरोरिरहेको अबस्था छ । भाइरस् ति देशको नियन्त्रण भन्दा बाहिर गएको छ ।

अमेरिका अहिले कोरोनाको एपि सेन्टर नै बनेको छ । कोरोनाले अमेरिकामा वढो विचित्रसँग ताण्डव मच्चाई रहेको छ । लाखौ मानिसहरु संक्रमित छन् । ३८ हजार भन्दा वढि मानिसहरुले ज्यान गुमाईसकेका छन् । दिन प्रतिदिन संक्रमणको वृद्धि भईरहेको छ । अमेरिकी राष्ट्रपतिको हुर्मत कोरोना भाइरसले लिईरहेको अनुमान उनका समय समयमा आउने असन्तुलित अभिब्यक्तीले पनि पुष्टि गर्दछ । जस्तै ट्रपले विश्व स्वास्थ्य संगठनलाई चेतावनी दिईरहेका छन् की अमेरिकाले ठुुुुलो पैमानामा धनराशी सहयोग गर्दै आएको छ, तर विश्व स्वास्थ्य संगठनले चीनको पक्ष लिइरहेको छ । त्यसकारण अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई दिदै आएको फण्ड रकम रोक्न सक्ने छ । ट्रपको उक्त अभिब्यक्तीको स्वम् अमेरिकाका वौद्धिक ब्यक्तित्व धनाढ्यहरु र पुर्व संयुक्त राष्ट्रसंघका अधिकारी लगायत सर्वत्रले विरोध गर्दै आपत्ती जनाइरहेका छन् ।

स्मरणिय कुरा के छ भने, कोरोना भाइरस् विश्व भरि फैलिन सक्ने चेतावनी शुुुुरुमा नै विश्व स्वास्थ्य संगठनले दिइरहेको थियो । त्यो सन्दर्भमा राष्ट्रपति ट्रपले अत्यन्तै गैरजिम्मेदारी पुर्वक प्रकट हुँदै थिए । चीनलाई अपमान गर्दै कोरोना भाइरस (कोविड १९) लाई वुहान भाइरस्, चिनियाँ भाइरसको संज्ञा दिदै थिए । अहिले जसरी विश्व संगठनलाई समयमा नै जानाकारी नदिएको आरोप लगाएका छन् । त्यो ट्रपले आफ्नो असफलतालाई ढाकछोप गर्ने प्रयास् शिवाय अरु केहि होईन । उनको असफलताको प्राकाष्ठा गत हप्ता भारतलाई दिएको चेतवानीमा पनि प्रकट भएको थियो । कोरोना भाइरस नियन्त्रणका लागि अहिलेसम्म कुनै भ्याक्सिन उत्पादन वा अविश्कार नभएको अबस्थामा मेडिकल विज्ञहरुले मलेरिया ब्याधीमा प्रयोग हुने औषधि हाइर्डोक्लोराक्विन, संक्रमित ब्यक्तीहरुलाई दिन सक्ने सुझाएका थिए । त्यो औधषी भारतबाट पठाई दिन राष्ट्रपति ट्रपले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अनुरोध गरे त्यस पछि भारतले आफ्नो देशलाई आवाश्यक र स्टक बारे उत्पादक विज्ञहरुसँग छलफल गर्दै थिए । त्यहि सन्दर्भमा ट्रपले तुरुन्त जवाफ दिन पर्ने अन्यथा भारतलाई कार्वाही गर्ने चेतावनी दिएका थिए । कतिपय भारतका राजनीतिक पार्टीहरुले ट्रपको उक्त अभिब्यक्तीको भत्सर्ना गरेका थिए । भारतको सार्वभौमिकता माथी अमेरिकाले हस्तपेक्ष गर्यो भनि आपत्ती जनाएका थिए । तर भारतको सत्तारुढ दल भाजपाले ट्रपको उक्त अभिब्यक्ति नजर अन्दाज गर्यौ । बरु ट्रपको माग शिरोपर गर्दै औषधी अमेरिकालाई उपलब्ध गराउने आश्वस्त पार्यो । त्यसो त अमेरिकामा कोरोना नियन्त्रण सम्बन्धी अत्याआवाश्यक बस्तुहरु भान्टिलेटर्स मास्क लगायत स्वास्थ्य सामाग्रीहरु अपर्याप्त रहेको अमेरिकी प्रान्तिय प्रमूखहरुले ट्रप सरकारसँग प्रकट गर्दै आइरहेका छन् ।

दक्षिण एसियाली मूलक मध्य ठुुुुलो जनसंख्या रहेको भारत जहाँ एक सय तिस करोड आवादी छ । कोरोनाको रप्तार तिब्रगतिमा अघि वढिरहेको छ । भारत सरकारले पहिलो चरणको २१ दिने बन्दाबन्दि सकिनै लाग्दा पुनः आगामि मे महिना तिन तारिकसम्म बन्दाबन्दी लम्बाएको छ । फेरी पनि संक्रमित संख्यामा कमि आएको छैन । भारत आफैमा विशाल र त्यसमा पनि राजधानी लगायत मुम्वई अन्य ठुुुुला शहरहरु जहाँ औद्योगिक क्षेत्र छन् । त्यहाँ भारतका अन्य राज्यहरुबाट काम गर्न मजदुरहरु ठुुुुलो संख्यामा आएका छन् । अहिले ति श्रमिकहरु विचल्लीमा परेका छन् । उनीहरु आफ्नो राज्य वा घर फर्किन चाहिरहेका छन् । ति मजदुरहरुलाई ब्यबस्थापन गर्न सम्बन्धित राज्य सरकारहरुलाई हम्मेहम्मे परेको छ । कतिपय राज्य सरकारहरुले लाखौ संख्यामा रहेका मजदुरहरुलाई सडकका पेटीहरुमा खाना ख्वाइ रहेका छन् । तर त्यसबाट पनि सम्भव नभए पछि कतिपय सामाजिक संघ संस्थाहरु पनि मजदुरहरुको उद्दारमा खटिएका छन् । यद्यपि नियन्त्रण बाहिर गईरहेको अबस्था छ ।

प्रशासन र मजदुर विच भिडन्तहरु कहिले रेल्वे स्टेशन त कहिले सडकहरुमा भइरहेका दृष्य देखिएको छ । भारतमा काम गर्ने लाखौं नेपालीहरुको संख्या छ । त्यसमा पनि होटल, सडक र अन्य स्थानमा कार्यरत् असंगठित मजदुरहरु जो दैनिक ज्यालादारी गर्दै जीवन निर्वाह गरिरहेका थिए । उनीहरु अहिले ठुुुुलो मार र पिडामा परिरहेका छन् । परिस्थितिको अनविज्ञता वा बाध्यताले कतिपय नेपालीहरु सयौंको संख्यामा नेपालको सीमानामा पुगेका छन् । ति नेपाली मजदुरहरुलाई नेपाल सरकारले देशमा प्रवेश गराउँदै आवाश्यक स्वास्थ्य परिक्षण पछि सम्बन्धित स्थानमा प्रवेश गराउनु पर्ने हो, तर नेपाल सरकार भारतमा काम गर्ने नेपाली मजदुरप्रति उदाशिन छ । विश्वका अन्य मूलुकहरुले यस्तो विषम परिस्थितिमा आफ्नो देशमा जान इच्छुक आफ्ना नागरिकहरु लगिरहेको छ । दुर्भाग्य भन्नु पर्छ नेपाल सरकारले सिमानासम्म पुुुुगेका आफ्ना नागरिकहरुलाई निषेधाज्ञा गरिरहेको छ । भारत तर्फ नै असुरक्षित क्वारेन्टाइनमा राखिएको छ । कतिपय मानिसहरु नदि पार गरेर देश प्रवेश गरिरहेका छन् । उक्त मानिसहरुलाई अभद्र ब्यवहार गरेको छ भने कतिपय मानिसहरु आफ्नो बासस्थान सिमादुरी नजिक पुगिरहेका छन् । त्यहि समयमा अभिभावकहरुले ज्यान गुमाउँदासम्म घर पुग्न रोक लगाएका कारुणादायी खबरहरु छन् ।

अहिलेको विषम परिस्थितिमा विना परिक्षण निर्वाधरुपमा नेपाल प्रवेश गराउनु पर्छ भन्ने होइन, सिमानासम्म पुगेका आफन नागरिकहरुलाई देशमा प्रवेश गराउँदै आवाश्यक जाँच पछि उनीहरुलाई सम्बन्धित स्थानहरुमा जान दिनु पर्दछ, त्यो सम्भव छ । देशका विद्यालय र अन्य स्थानहरु बन्द छन् । तिनिहरुलाई क्वारेन्टाइनमा परिणत गर्न सकिन्छ तर नेपाल सरकार आफ्ना नागरिकहरुप्रति उदाशिन छ । अर्को पक्ष भारतमा कोरोना संंक्रमण रप्तार जुन मात्रमा बढेको छ, त्यसको सिधा असर र प्रभाव नेपालमा पर्ने छ । भारतसँग नेपालका वैधानिक र अवैधानिक सयौं द्धारहरु छन् । तिनीहरुप्रति नेपाल सरकारको गम्भिर ध्यान जानु पर्ने आवश्यकता छ ।

नेपाली नागरिकहरु विभिन्न प्रयोजनले विदेशमा छन् । ति देशमा रहेका नेपाली राजदूतावास र अन्य कुटनीतिक निकायहरु मार्फत सुरक्षाको प्रत्याभूति दिलाउनु पर्दछ । गत हप्ता प्रधानमन्त्रिसँग राज्य सरकारका मुख्यमन्त्रीहरुले भिडियो कन्फ्रेन्स् गरेका थिए । त्यो सन्दर्भमा मुख्यमन्त्रीहरुले आफ्ना राज्यका नागरिकहरु विदेशबाट आउनेहरुलाई निषेध गर्ने भनेका छन्, ति खेद जनक अभिब्यक्ती हुन् । राज्य सरकारहरु ब्यवस्थापनमा असफलताको परिणाम हो । सर्वोच्चले इच्छुक नागरिकहरुलाई देश भित्र ल्याउन सरकारको नाममा प्रमादेश जारी गरेको छ । जुन स्वागत योग्य कुरा हो । नेपाल सरकार आफ्नाा नाागरिकप्रति गम्भिर हुन आवाश्यक छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार