नाम सुब्बिनी, के खा’र उभिनी! : सांसद थापा

काठमाडौं । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद पियारी थापाले सरकारले ल्याएको बजेटले चालु खर्च पनि नधन्ने बताउँदै संघीयता खारेज गर्न माग गर्नुभएको छ ।

शुक्रबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै सांसद थापाले सरकारको बजेटलाई ‘नाम सुब्बिनी, के खा’र उभिनी’ भन्ने उखानसँग दाँज्नुभएको छ ।

शुक्रबार अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको विशेषताबारे आयोजना गरेको पत्रकार सम्मेलनपछि सांसद थापा लेख्नुहुन्छः ‘आजअर्थमन्त्रीज्यूको जवाफ सुन्दा भन्नै मन लाग्यो ‘नाम सुब्बिनी के खायर उब्बिनी।’ संरचना चलाउन आफ्नो आन्तरिक स्रोत छैन, राजस्व संकलनमा गिरावट आएको छ । सापेक्षिक रुपमा राजस्व संकलनमा कमी आयको छ।

अनुमानित गरेको राजस्व उठ्न चुनौतिपुर्ण छ । चुहावट रोक्ने दरिलो संरचना छैन । संघ सरकारले सिलिङ पठाएको बजेटले चालू खर्चसम्म धान्दैन । राजस्व बाँडफाँड, बित्तीय समानिकरणको रकम त्यो पनि गुमाउने अवस्थामा छ ।

अन्त शुल्क, भ्याट, वैदेसिक व्यापार, आयकर सबै घट्ने निश्चित छ । अनि अन्तिम विकल्पमा रहेको वैदेशिक ऋण कसले दिन्छ ? कोरोनाको कारण अर्थतन्त्र हाम्रो मात्रै हाइन सारा मुलुकको गतिहीन छ । अनि कहाँबाट ल्याउने यतिबिध्न खर्चालु संरचना धान्ने पैसा ? अब पनि चेत खुल्दैन भने के कुरेर बस्याछौँ हामिी ? खारेज गरौं प्रदेश सरकार साँच्चै मुलुकको भलो चाहन्छौँ भने ।’

https://www.facebook.com/superva.thapamagar/posts/2672695342967483

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार