महाराष्ट्रको नाशिकमा मूल प्रवाहको नगर समिति निर्माण

नाशिक, २९ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत महाराष्ट्रको नाशिकस्थित नेपाली श्रमजिवीहरु बीच महासचिव ठाकुर खनालको विशेष उपस्थिति तथा कल बहादुर पुन मगर र भद्र घर्तीको पहल कदमीमा भेला सम्पन्न भएको छ ।

महासचिव ठाकु खनालले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारत प्रवासमा खेल्दै आएको भूमिका र संगठनको आवश्यकताको बारेमा प्रष्ट्याउनु भएको थियो । महासचिव खनालले उपस्थित सम्पूर्णलाई समाजको सदस्यता प्रमाण पत्र हस्तान्तरण पछि सो भेलाले  कल बहादुर पुन मगरको अध्यक्षतामा १४ सदस्यीय नाशिक नगर समिति निर्माण गरेको छ ।

जसमाः उपाध्यक्ष– तेजन्द्र सुनार, सचिव– भद्र घर्ती, सहसचिव– जित बहादुर पुन र कोषाध्यक्ष– राज कुमार खत्री रहनुभएको छ । त्यस्तै सदस्यहरुमाः जित बहादुर बुढा, भरत परियार, टोपबहादुर पुन, उपेन्द्र चलाउने, गणेश बटाला, ढाकाराम डागी, गोमा पुन, सुनीता बोगटी, भिम बहादुर पुनमगर र टेकबहादुर सोनी रहनुभएको छ ।

नयाँ समितिलाई महासचिव ठाकुर खनालले बधाई एवं कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।

नगर समितिले छिट्टै स्थानीय गतिविधिलाई अगाडि बढाउने र एरिया तथा टोल समितिहरु निर्माण गर्ने समेत तयारी रहेको अध्यक्ष कल बहादुर पुनले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार