निलगिरीमा माओ दिवस मनाइयो

निलगिरी, २६ डिसेम्बर । मुप्रअभानेएस निलगिरी नगर समितिको आयोजनामा महान क. मासेतुङको १२७ औं जन्म दिवस मनाइएको छ ।

मिना हमालको सञ्चालन तथा टेक बहादुर बिकको अध्यक्षतामा अगाडि बढेको सो कार्यक्रममा एक मिनेट मौनधारण पछि लाल बहादुर थापाले स्वागत मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा दभा क्षेत्रबाट बिरे थापा, नगर समितिबाट जगत बहादुर हमाल, धन बहादुर सुन्दास, विद्यार्थी बिभागबाट कुमारी थापा, खेलकुदबाट मधु खनालले क. माओत्सेतुङको जिबनी र जनवादी व्यवस्था प्रतिपादनको बिसयमा मनतव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार