निलगिरी, ३१ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज निलगिरी नगर समिति अन्तर्गत पर्ने उटी एरिया समितिको पुनर्गठन गरिएको छ । दक्षिण भारत क्षेत्रीय समितिका सदस्य बिरे थापा, प्रतिनिधि जगत हमाल र नगर समितिका लोकेन्द्र विकको उपस्थिति तथा पहलमा उटीस्थित नेपाली श्रमजिवीहरु बीच भेला सम्पन्न भएको छ ।
मजदुर दाजुभाईहरु बिच संगठनको बारेमा व्यापक छलफल पछि भेला सम्पन्न भएको छ । पुरानो समितिका साथीहरु धेरै स्वदेश जानुभएको र एकाध साथीहरु मात्र समितिमा रहेको हुँदा समितिको पुनर्गठन गर्नु पर्ने आवश्यकतालाई मध्यनजर गरि ७ पुर्ण, २ वैकल्पिक र ३ सल्लाहकार एक रिक्त सहित १३ सदस्यीय एरिया समिति निर्माण भएको छ ।
जसमाः अध्यक्ष– भिम बहादुर परियार, सचिव– लोकेन्द्र विक, कोषाध्यक्ष– गोपि परियार, सदस्यहरुमा : रमेश परियार, करसिंह परियार, राम बहादुर परियार, कुमार परियार, बैकल्पिक रामबहादुर कार्की, मिना परियार, सल्लाहकारमा : लक्ष्मी परियार, बल बहादुर नेपाली र सरस्वती परियार रहनुभएको छ, एक स्थान रिक्त राखिएको छ ।