निलगिरी, इरोड र करुरमा संघीयता विरुद्ध सभा सम्पन्न

निलगिरी

संघीयता खारेज गरियोस्, कोरोना भाईरस् उपचारमा प्रभावकारी कदम चालियोस् भन्ने मूल नारा सहित राजमोको देश ब्यापी विरोध कार्यक्रमलाई एक्यबद्धता जनाउदै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज निलगिरी नगर समितिले विरोध कार्यक्रम सम्पन्न गरेको छ ।

टेक बहादुर विकको अध्यक्षता, मिना हमालको सञ्चालनमा अगाडि बढेको सो कार्यक्रममा, अथितिहरु दक्षिण भारत क्षेत्रीय समिति सदस्य विरे थापा, प्रतिनिधि जगत हमाल, महिला विभागबाट रुपा थापा, विद्यार्थी विभागबाट कस्तुरी थापाको आथित्यता रहेको थियो । शहिदहरुको सम्मानमा एक मिनेट मौनधारण पछि मधु खनालले स्वागत मन्तव्य दिनुभएको थियो ।

अथितिहरुले संघीयता खारेज गर्नु पर्ने र सरकारले कोरोना भाईरस् उपचारमा देखाएको उदाशिनताप्रति विरोध गर्नु भएको थियो । राम बहादुर कार्की लगायतले कार्यक्रम सफलताको शुभकामना दिनु भएको थियो ।

इरोड,

संघीयता खारेज गरियोस्, कोरोना भाइरस् विरुद्ध प्रभावकारी कदम चालियोस, भन्ने राजमोको मूल माग सहितको विरोध कार्यक्रमको ऐक्यबद्धता जनाउँदै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज ईरोड नगर समितिले विरोध कार्यक्रम सम्पन्न पारेको छ ।

भवानी प्रसाद लामिछानेको अध्यक्षता, डम्बर बहादुर जि.सि.ले संचालन गर्नु भएको सो कार्यक्रममा शहिदहरुको सम्मानमा एक मिनेट मौनधारणा पश्चात्, उपस्थित सम्पुर्ण साथीहरूलाई भिमलाल शर्माले शब्दद्वारा स्वागत गर्नुभएको थियोे । अथितिमा दक्षिण भारत क्षेत्रीय सदस्य खिमानन्द शर्मा हुनुहुन्थ्यो । कार्यक्रममा भुमिश्वर ढकाल, गङ्गा देवी, देवी कुमारी लामिछाने र इन्द्र प्रसाद शर्मा लगाएतले संघीया खारेजी गर्नु पर्नेमा जोड दिंदै विचार ब्यक्त गर्नु भएको थियो ।

करुर,

राष्ट्रिय जनमोर्चाले देश ब्यापी आयोजना गरेको संघियता खारेज र कोरोना संक्रमण उपचारमा प्रभावकारी कदम चाल्न दवाव मूलक सहित विरोध कार्यक्रममा, ऐक्यबद्धता जनाउँदै दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत करुर नगर समितिले विरोध कार्यक्रम भब्यरुपमा सम्पन्न पारेको छ ।

याम बहादुर केसीको अध्यक्षता, सेर बहादुर रानाको सञ्चालन रहेको कार्यक्रममा ज्ञान अज्ञात शहिदहरुको सम्मानमा एक मिनेट मौनधारण पछि उपस्थित जनसमुदायलाई लोकेन्द्र थापाले स्वागत मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा रवि गौतम, लोकनाथ पौडेल लगायतले संघीयताको खारेज हुनु पर्ने र सरकारले कोरोना भाईरस् नियन्त्रण र संक्रमितहरुलाई उपचारको उपयुक्त ब्यवस्थापन गर्नु पर्नेमा आफ्ना विचारहरु राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार