निलगिरी नगरमा महिला भेला सम्पन्न

निलगिरी, २२ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज निलगिरी नगर समिति अन्तर्गत महिला बिभागको तेस्रो भेला सम्पन्न भएको छ ।

रुपा थापाको अध्यक्षतामा, मिना हमालले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा दक्षिण भारत क्षेत्रीय समिति सदस्य तथा जनजाति विभागबाट बिरे थापा, मूल प्रवाह केन्द्रीय परिषद् सदस्य रवि शंकर, क्षेत्रीय प्रतिनिधि जगत हमाल, क्षेत्रीय सदस्य टेक बहादुर विक अथिति रहनु भएको थियो ।

शहिदहरुको सम्मानमा एक मिनेट मौनधारण पछि उपस्थित जनमानसहरुलाई लक्ष्मि विकले शब्दद्धारा स्वागत गर्नुभएको थियो ।

सबै अथितिहरुले महिलाहरुका समस्याहरु औल्याउदै संगठित हुँदै सचेत हुनुपर्ने र महिला हकहित र अधिकार प्राप्तीको लागि संघर्ष गर्नु पर्नेमा जोड दिनु भएको थियो। भेलाले नौ जना पुर्ण, दुई जना बैकल्पिक र दुई जना सल्लाहकार गरि तेह्र जना रहेको महिला विभाग समिति गठन गरेको छ। जसमा अध्यक्षमा रुपा थापा,सचिव लक्ष्मि बि क,कोशाअध्यक्षमा मिना हमाल, सदस्यहरुमाः जुना विक, सिता नेपाली, लक्ष्मि परियार, दिपा पौडेल, पार्वती परियार, गोपि परियार बैकल्पिकमा सोभा परियार, एक रिक्त, सल्लाहकारमा माया परियार, लिला राना रहनुभएको छ ।

समितिको तर्फबाट सफतग्रहण गर्दै अध्यक्ष रुपा थापाले महिलाहरुमा आईपर्ने समस्याहरुको समाधान गर्दै, महिलाहरुलाई संगठित गर्दै जाने प्रतिबद्धता जाहेर गर्नुभएको छ । नयाँ कार्यकारिणीहरुलाई बधाई दिनेहरुमा क्षेत्रीय सदस्य बिरे थापा, जगत हमाल, टेकबहादुर विक हुनुहुन्थ्यो । भेला भब्यरुपमा सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार