नेपालमा चल्ने संघीयता विरुद्धको आन्दोलनमा ऐक्यवद्धता जनाउन भारतब्यापी कार्यक्रम हुने

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले नेपालमा हुने संघीयताविरुद्धको आन्दोलनमा ऐक्यवद्धता जनाउन आइतबार (नभम्बर २७ मा) भारतब्यापी विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।

मंसिर १४ गते आइतबार राष्ट्रिय जनमोर्चाले देशब्यापी र प्रवासमा समेत संघीयताको विरुद्ध दबाबमूलक कार्यक्रमको आयोजना गरेको छ । त्यससँगै कोरोना संक्रमितहरुको प्रभावकारी उपचार, भ्रष्टाचार नियन्त्रण, एमसीसी खारेजी, अतिक्रमित भूभाग फिर्ता लगायतका विषय उठान गर्ने राजमोले जनाएको छ ।

सोही अभियानप्रति ऐक्यवद्धता जनाउन भारतब्यापी कार्यक्रम आयोजना गरिएको हो ।

त्यस अन्तर्गत मूल प्रवाह केन्द्रीय समितिको आयोजनामा आइतबार बिहान १० बजे देखि अनलाइन कार्यक्रम हुँदैछ । त्यस्तै, मध्य दक्षिण भारत क्षेत्रीय समितिको आयोजनामा बिहान ७ः३० देखि र पश्चिमोत्तर क्षेत्रीय समिति (राष्ट्रिय राजधानी क्षेत्र एवं आसपास) मा साँझ ६ः३० देखि अनलाइनमै कार्यक्रम हुनेछ ।

यसैगरी, सुदूर पश्चिमोत्तर क्षेत्र अन्तरगत लुधियाना, चण्डीगढ, रोपड, श्रीगंगा नगर, जालन्धर, हिसार, पुर्वोत्तर क्षेत्र अन्तर्गत प्रत्यक्ष कार्यक्रम हुनेछ भने नागालैण्ड्को कोहीमा, मेघालयको लाडरुम्बाई र जवाई आसमको उल्माफेर, मध्य पश्चिम क्षेत्र अन्तर्गत तारापुर, अलीबाग रायगढ, पश्चिम भारत क्षेत्रीय समितिको आयोजनामा वापीमा, उत्तर भारत क्षेत्र अन्तगरत इलाहबाद, मध्य पश्चिमोत्तर अन्तर्गत जयपुर र भिवाडी दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत अधिकांश नगरमा प्रत्यक्ष कार्यक्रम हुँदैछ ।

त्यसबाहेक अन्य नगरमा पनि स्थानीयस्तरमा कार्यक्रमको आयोजना गरिने मूलप्रवाहले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार