नेपालमा संघीयता पूर्ण रूपमा असफल भईसकेको छ : केसी

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष अध्यक्ष दुर्गा बहादुर केसीले नेपालमा संघीयता पूर्ण रूपमा असफल भएको बताउनु भएको छ ।

देशमा संघीयता खारेजीको विकल्प नभएको केसीको भनाई थियो । राज्यको आफ्नो श्रोतबाट कर्मचारीको खर्च समेत धान्न नसक्ने अबस्थामा संघीयताले नेपाली जनतालाई बोझ मात्र थोपरेको बताउँदै यसको खारेजीका लागि नेपाली जनता आन्दोलनमा आउनु पर्ने बताउनु भयो ।

अध्यक्ष केसीले नेपालका राज्य सञ्चालकहरूको सत्तास्वार्थ केन्द्रित र अवसरवादी चरित्रका कारण नेपालको राष्ट्रियता कमजोर भएको बताउनु भयो ।

केसीले सो धारणा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समितिको आयोजनामा सम्पन्न ऐक्यवद्धता सभालाई सम्बोधनको क्रममा दिनुभएको छ ।

कार्यवाहक अध्यक्ष विक्रमसिंह राणाको अध्यक्षता र सहसचिव शिव केसीको सञ्चालनबाट अगाडि बढेको सो सभामा समाजका केन्द्रीय उपाध्यक्ष कपिल खनाल, लुम्बिनी प्रदेशका राजमो सांसद तारा जिसी, केन्द्रीय सल्लाहकार धनवीर पुन, क्षेत्रीय समितिका पूर्व अध्यक्ष नारायण जिसी, केन्द्रीय सदस्य त्रिभुवन भट्टराईले आतित्थ्य तथा मन्तव्य दिनुभएको थियो ।

त्यस्तै नई दिल्ली नगर समितिबाट विन बहादुर केसी, फरीदावाद नगर समितिबाट बाबुराम विष्ट, पूर्वी दिल्ली नगर समितिबाट चक्रसिंह केसी, आगरा नगर समितिबाट मिठु केसी, ओखला नगर समितिबाट कन्या गुरुङ, गुडगाव नगर समितिबाट गोपाल भट्टराई लगायतले मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार