नेपाली समाचारको ग्राहक वनौ

कमला वगाले हिसार

विश्वभरि छरिएको साप्ताहिक हाम्रो नेपाली समाचार ।
खोजी खोजी पढनैपर्छ, श्रमजीवीहरुको समाचार ।।
साप्ताहिक नेपाली समाचार हामी ग्राहक बन्दैजाउ ।
प्रदेशका श्रमजीवीहरुको चेतना ज्योती छर्दै जाउ ।।

गल्ली गल्ली ठाउँठाउँमा नेपाली समाचार आउनेछ ।
विदेशमा पनि आफ्नै देशको समाचार आउनेछ ।।
नया ग्राहक अभियान लिएर सबैसँग आउनेछ ।
पढदै पढाउदै संसारका मजदुर जगाउनेछ ।।

नेपाली समाचार अव संसारभर नै फैलियोस् ।
सवको विचार लेखरचना नेपाली समाचार होस् ।
ग्राहक लाखौ वनौ र वनाऔ सबैको माझ पुराऔ ।
सगरमाथा शिखर झैं उच्च नेपाली समाचार पुराऔं ।

यो ग्राहाक अभियान अझै व्यापक भइ चलिरहोस् ।
बर्षौं बर्षको लागि ऐतिहासिक बाटो बनिरहोस् ।
सबै प्रदेशीको हातमा नेपाली समाचार मात्र होस् ।
शोषण दमन बिरोध गर्ने अभिभारा बोकेको होस् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार