नेपाल जानको लागि हैदरावादबाट सिलिपर बस सञ्चालन

तिलक राना,
हैदराबाद, २० नोभेम्वर । हैदराबाददेखि रुपडिया, कृष्ण नगर र सुनौलीसम्मको लागि एसी सिलिपर बस सञ्चालन गरिएको छ ।

विगत केही समयदेखि हैदराबादबाट रुपडिया, कृष्ण नगर र सुनौलीका लागि बस सञ्चालन गर्दै आएको सुभ बिहानी टुर एण्ड ट्राभल्सले आफ्ना यात्रुहरुलाई थप सुबिधाका लागि सो सिलिपर बस सञ्चालनमा ल्याएको सञ्चालक विजय क्षेत्रीले बताए ।

२० नोभेम्बर २०२० का दिन एक समारोह बिच शुभ बिहानी टुर एण्ड ट्राभल्सको निमन्त्रणामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रिय सचिब प्रेम पौडेलले संक्षिप्त मन्तब्य सहित रिबिन काटेर उद्घाटन गर्नु भएको छ ।

पौडेले बस ब्यबसायीहरुले खाली आफ्नो स्वार्थ परिपुर्तिको उद्देश्यमात्र नराखेर यात्रुहरुलाई भरपर्दो, सुरक्षित र सुलभ यात्राको सुनिश्चिततामा गम्भीर ध्यान दिनु पर्ने बताउनु भयो ।

भारत–नेपाल आओत जाओतका लागि सञ्चालित कैयौं टुर एण्ड ट्राभल्सहरुले यात्राका दौरानमा मनमानी असिमित चर्को भाडा असुल्ने, सिट संख्या भन्दा बढि यात्रु चडाउने, सुरक्षाको कुनै ध्यान दिने र कतिपय अबस्थामा बिच बाटोमा अलपत्र पार्ने समेतका घटनाहरु हुने गरेको स्मरण समेत पौडेलले गराउनु भयो ।

शुभ बिहानी टुर एण्ड ट्राभल्सले उपरोक्त बिषयमा गम्भीर ध्यान दिनेछ र नाफाको लागि भन्दा सेवाको मूल लक्ष्य बोकेर यात्रुहरुको मन जितेर बिस्वासिलो, भरपर्दो, सुलभ र सुरक्षित सेवा प्रधान गर्नेमा पौडेले विश्वास व्यक्त गर्नु भयो । त्यसका साथै कार्य सफलताको शुभकामना दिनु भएको थियो ।

कार्यक्रममा मूल प्रवाहका केन्द्रिय सदस्य राम प्रसाद आचार्य, फूल बिना पौडेल, मूल प्रवाह मध्य हैदराबाद नगर सदस्यहरु गङ्गा कडायत, सम्झना दुलाल, मिना थापा नर बहादुर थापा लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजी करण मूल प्रवाह मध्य हैदराबाद नगर अध्यक्ष थम्मन बस्नेतले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार