ने.क.पा. (मसाल) द्वारा श्रद्धान्जली प्रकट

संन्धिखर्क । अर्घाखाँची जिल्लाको नरपानीमा हिंजो भएको बस दूर्घटनामा परि ज्यान गुमाउनेहरुप्रति नेपाल कम्यूनिष्ट पार्टी (मसाल)ले श्रद्धान्जली प्रकट गर्नुका साथै, मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेको छ । पार्टीका जिल्ला प्रवक्ता पशुपति ढकालले प्रेस वक्तव्य जारि गरि घाइतेहरुप्रति सिघ्र स्वास्थ्यलाभको कामना समेत प्रकट गरेका छन् ।

अर्घाखाँची जिल्लामा पछिल्लो समयमा यसप्रकारका घटना बारम्बार दोहोरि रहँदा आमजनता यात्रा गर्न समेत भएभित र त्रसित भएको वक्तव्यमा उल्लेख गरिएको छ । यस्तो अवस्थामा सम्बन्धित निकायले यस्ता घटनाको छानविन गरि जनताको जीवन स्तरलाई सहज बनाउन समेत नेकपा (मसाल) जिल्ला समिति अर्घाखाँचीका प्रवक्ता ढकालले अपिल गरेका छन् ।

http://nepaliekta.com/%E0%A4%A8%E0%A4%B0%E0%A4%AA%E0%A4%BE%E0%A4%A8%E0%A5%80-%E0%A4%AC%E0%A4%B8-%E0%A4%A6%E0%A5%82%E0%A4%B0%E0%A5%8D%E0%A4%98%E0%A4%9F%E0%A4%A8%E0%A4%BE%E0%A4%AE%E0%A4%BE-%E0%A4%9C%E0%A5%8D%E0%A4%AF/

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार