नोएडामा अलपत्र परेकालाई राहत वितरण

नोएडा । भारतमा आई व्यवसाय गर्दै आउनु भएका व्यवसायी दिपक जिसीले लकडाउनका कारण नोएडामा अलपत्र परेका १५ जना श्रमजिवी नेपालीहरुलाई राहत प्रदान गर्नुभएको छ ।

ति श्रमिकहरु बेंगलोरदेखि स्वदेश जाने दौरानमा लकडाउनका कारण नोएडामा अलपत्र परेका थिए । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका दक्षिण भारत क्षेत्रीय उपाध्यक्ष मदन भण्डारीले हामीलाई दिएको जानकारी अनुसार व्यवसायी जिसीमार्फत सो राहत प्रदान गरिएको हो ।

जिसीले चामल, आटा, दाल, तेल, चायपत्ती, हल्दी लगायतका खाद्यान्न प्रदान गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार