पञ्जावको मण्डी गोविन्दगढमा मूल प्रवाह महिला नगर विभाग गठन

खिमराज चालिसे,

गोविन्दगढ, ३० अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मण्डीगोविन्दगढ नगर समितिद्धारा सञ्चालित मण्डिगोविन्दगढ महिला नगर विभागको प्रथम भेला भव्य तथा सानदार रुपमा सम्पन्न भएको छ ।

मूल प्रवाह सुदुरपश्चिमोत्तर क्षेत्रीय सदस्य राम बहादुर ताम्राकारको विषेश उपस्थितिमा तथा बिमला शर्मा र बसन्ता विकको पहलमा सम्पन्न भेलामा महिला आन्दोलनको बारेमा चर्चा परिचर्चा सहित बसन्ता विकको संयोजकत्वमा १५ सदस्यिय महिला नगर विभागको गठन गरिएको छ ।

जस्माः सचिव– शुसिला विक, कोषाध्यक्ष– साबित्री परियार, सदस्यहरुमाः बिमला शर्मा, मिना सुनार, चन्दा विक, सुष्मा विक, बेबि परियार, बसन्ति थापा, लक्ष्मी विक, पुजा थापा, शान्ता ताम्राकार, गिता विक तथा दुइ स्थान रिक्त राखिएको छ ।

नयाँ विभागलाई नगर सचिब लाल बहादुर विक, सदस्य सुरेश परियार, रतन विक र खिम बहादुर सुनारले शुभकामना दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार