पत्रकारहरुलाई न्यूनतम भोकै मोर्न दिदैनौ : मन्त्री केसी

बुटवल, असार २२ । प्रदेश पांचका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले सरकार दुर्घटनामा नपर्ने बताउनु भएको छ । मन्त्री केसीले अहिलेको हल्लाले पार्टी र सरकार दुवै दुर्घटनामा नपर्ने दावी गर्नुभयो ।
रिपोर्टर्स क्लव प्रदेश पांचको दोस्रो स्थापना दिवसका अवसरमा आयोजना गरिएको स्मारिका विमोचन कार्यक्रममा बोल्दै सरकार दुर्घटना भएपछि के हुन्छ भनेर सोच्नु पर्ने बताउनुभयो । अहिलेको अवस्थामा सरकार कमजोर भए लोकतन्त्र कमजोर हुने भएकाले देश, जनता र लोकतन्त्रको भविश्य सोच्नु पर्ने बताउनुभयो । उहांले प्राकृतिक विपत्तीसंगै अहिले राष्ट्रिय एकता आवश्यक रहेको बताउनुभयो ।
सञ्चार क्षेत्र आर्थिक रुपले संकटमा परेको प्रदेश सरकारलाई थाहा भएको उल्लेख गर्दै पत्रकारहरुलाई न्यूनतम भोकै मोर्न नदिने मन्त्री केसीले प्रतिवद्वता जनाउनु भयो । प्रदेश पांचमा ठूलाठूला मिडिया हाउस बन्नुपर्छ भन्ने सरकारको सोंच रहेको बताउंदै मिडियालाई जवाफदेशी बनाउन सरकारले सहयोग गर्ने बताउनुभयो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि राज्यले ठूलो लगानी गरेको बताउंदै कोरोना महामारी रोक्न सरकार र अन्य सबै पक्षको साझा दायित्व रहेको बताउनुभयो ।
सरकारले आह्वान गरेर, क्फ्यु लगाएर कोराना महामारी नरोकीने भएकाले सबै क्षेत्रको सहयोग र प्रतिवद्वता आवश्यक रहेको मन्त्रीको भनाइ छ । अहिलेको प्रमुख आवश्यक्ता प्राकृतिक विपत्तीबाट मानव जातीको संरक्षण गर्नुपर्ने भएकाले अन्य पक्ष गौण रहेको मन्त्री केसीले बताउनुभयो । नेपाली कांगे्रस सम्सदिय दलको सचेतक निर्मला क्षत्रीले समाजमा सुशासन कायम गर्न र कोरोना महामारीको अन्त्यका लागि सन्चार क्षेत्रहरुको कांधमा ठूलो जिम्मेवारी थपिएको बताउनुभयो ।
अहिले सरकार बिकास निर्माणकार्यमा भन्दा जनताको जिवनरक्षा र रोजगारको बाताबरण सिर्जना गर्नेतर्फ बधी केन्द्रित हुन जोडदिनुभयो । प्रदेश सांसद डाक्टर कृष्ण न्यौपानेले समाजमा सुशान कायम गर्न, भ्रष्टाचारको अन्त्य गर्न र कोरोाना भाइरस नियन्त्रणका लागि सबैबीच सहकार्य, एकता हुनुपर्ने बताउनु भयो ।
अर्का प्रदेश सांसद सन्तोष पाण्डेले सबैको सकरात्मक सोंचबाट कोरोना महामारीको अन्त्य गर्न सकिने र सुशासन कायम गर्न सकिने बताउनुभयो । पत्रकार महासंघ प्रदेश पांचका उपाध्यक्ष भरत केसीले राज्यले मिडियालाई सम्बोधन गर्नुपर्ने बताउनु भयो । विज्ञापन नीति नहुंदा यहांका मिडिया समस्या परेकाले विज्ञापन नीति बनाउन सरकारलाई दवाव दिनुपर्ने बताउनु भयो ।
रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले कोरोना महामारी नियन्त्रण गर्न, सुशासन कायम गर्न र मुलुकको आर्थिक सम्वृद्विका लागि नीजि क्षेत्रले सबैसंग सहकार्य गर्ने बताउनु भयो । रिपोर्टर्स क्लवका प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता र तेजेन्द्र केसीको सञ्चालनमा भएको कार्यक्रममा डाक्टर सुर्दशन थापा र पत्रकार दीपेन्द्र वडुवाललाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार