पत्रकार महासंघको निर्वाचनमा प्रगतिशील पत्रकार संघका चार उम्मेदवार मनोनयन

काठमाडौँ । पत्रकार महासङ्घको आगामी निर्वाचनका लागि प्रगतिशील पत्रकार सङ्घ, नेपालको तर्फबाट चार जना उम्मेदवारहरूले मनोनयन दर्ता गराउनुभएको छ ।

आज २०७७ चैत १४ गते पत्रकार महासङ्घको केन्द्रीय कार्यालयमा गई प्रगतिशील पत्रकार सङ्घको तर्फबाट केन्द्रीय अध्यक्ष उदय जिएम, केन्द्रीय सदस्य गोपाल बराइली, केन्द्रीय सल्लाहकार सुमन अधिकारी र पूर्व केन्द्रीय सदस्य भाषा शर्माले उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको हो ।

प्रत्यक्ष प्रणालीबाट आगामी चैत्र २५ गते देशैभरि एकैपटक हुने निर्वाचनमा अध्यक्ष उदय जिएमले समावेशी केन्द्रीय उपाध्यक्षमा, केन्द्रीय सदस्य गोपाल बराइलीले दलित केन्द्रीय सचिवमा, केन्द्रीय सल्लाहकार सुमन अधिकारीले लुम्बिनी प्रदेशको तर्फबाट केन्द्रीय सदस्यमा र पूर्व केन्द्रीय सदस्य भाषा शर्माले महिला तथा खसआर्यको तर्फबाट खुल्ला केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराउनुभएको छ ।

मनोनयनको अवसरमा राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारी, प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय सदस्य प्रकाश थापामगर, पूर्व केन्द्रीय अध्यक्ष नारायण शर्मा, लुम्बिनी प्रदेश समितिका अध्यक्ष रमेश पौडेल, प्रदेश उपाध्यक्ष घनश्याम अधिकारी (बैरागी जेठा) प्रदेश सचिव लक्ष्मणदेव पाण्डे, प्रदेश उपसचिव गोविन्द शर्मालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार