पत्रकार महासंघ निर्वाचन : विपुल पोखरेल नेतृत्वको प्यानल विजयी, समावेशी उपाध्यक्षमा प्रगतिशीलका जिएम

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचनमा विपुल पोखरेल नेतृत्वको प्यानल विजयी भएको छ । शनिबार सम्पन्न मतगणनाको औपचारिक घोषणा हुन भने बाँकी छ ।

शनिबार दिउँसो मतगणना सकिएसँगै महासंघले मत परिणाम घोषणाको तयारी गरेको छ । महासंघको नयाँ नेतृत्व चयनका लागि बुधबार मतदान भएको थियो ।

निर्वाचनमा पोखरेल नेतृत्वको प्यानलबाट समावेशी उपाध्यक्षमा उम्मेदवारी दिएका प्रगतिशील पत्रकार संघका अध्यक्ष उदय जिएम विजयी हुनुभएको छ ।

यो विजयसँगै प्रगतिशीलको तर्फबाट महासंघको केन्द्रीय समितिको नेतृत्वदायी तहमा प्रतिनिधित्व भएको छ । यस्तै, प्रगतिशीलले लुम्बिनी, गण्डकी, कर्णाली, तथा उपत्यका प्रदेश र कैयौं जिल्लामा उत्साहजनक प्रतिनिधित्व गराउन सफल भएको छ।

यी हुन् महासंघका निर्वाचित पदाधिकारी

पहिलोपटक प्रत्यक्ष प्रणालीबाट भएको निर्वाचनमा प्रेस युनियनका पोखरेलको नेतृत्वमा युनियन, प्रेस सेन्टर, प्रेस चौतारी (नेपाल–खनाल) समूह, प्रगतिशील पत्रकार संघसहित ११ संगठनले संयुक्त उम्मेदवारी दिएका हुन् । पोखरेलले गतिशील, समावेशी र राष्ट्रवादी समूहको प्रेस चौतारी (एमाले ओली पक्ष) की निर्मला शर्मालाई २१ सय भन्दा बढी मतअन्तरले पराजित गर्नुभएको हो ।

पोखरेल प्यानलकै तर्फबाट वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट र उपाध्यक्षमा पोखरेल प्यानलकै बाला अधिकारी र उदय जीएम विजयी हुनुभएको छ ।

त्यस्तै महासचिवमा प्रेस सेन्टरका रोशन पुरी विजयी हुनुभएको हो । सचिवमा गोविन्द्रप्रसाद निरौला, सिर्जना अर्याल, रायण सुन्दर किलम्बू, दीपेन्द्र चौहान,हेमकर्ण विक, पवन आचार्य विजय भएका छन् । कोषाध्यक्षमा पनि पोखरेल प्यालकै कलेन्द्र सेजुवाल निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार