पर्यटन मन्त्रालय “पूर्वाग्रहको प्रकाष्टा” सावित भएकोछ : तारा जिसी

बुटवल, असार ११ गते ।

प्रदेश ५ को आव २०७७÷७८को बजेट माथी विषयगत छलफलमा भाग लिंदै राजमो प्रदेश सांसद तारा जिसीले पर्यटन मन्त्रालय ईलाकीय भेदभाव र राजनैतिक पूर्वाग्रह गरेको आरोप लगाउनु भएको छ । गत आबमा प्रदेशको लुम्बिनी पछिको दोस्रो अतिमहत्वपूर्ण पर्यटकीय स्थल स्वर्गद्धारीमा केबुलकार सुरु गर्ने घोषणा गरिए पनि पर्यटन मन्त्रालयले त्यस सम्बन्धि कुनै प्रपोजल पेश नगरेकै कारण “मनका लड्डु घिउ सित खाने” बरावर सावित भएको बताउनु भयो ।

जिसीले भन्नु भयो– “पर्यटन मन्त्रालय ईलाकीय भेदभाव, राजनैतिक पूर्वाग्रहपूर्ण व्यवहार गर्ने तर आफ्ना पार्टीका कार्यकर्ताहरुलाई मात्र अवसर दिने काम भएको छ ।” ओखरकोट ग्रामिण पर्यटनका दृष्टिले अति महत्पूर्ण स्थान बताउँदै जिसीले भन्नु भयो– “उदाउँदो सूर्य र अस्ताउँदो सूर्यको मनोरम दृष्यको साथै त्यहाबाट तराईका फाँटको समेत अवलोकन गर्न सकिन्छ । त्यहा भ्यू टावर स्थापना गर्नसके भित्री र बाहिरी पर्यटक भित्राउने प्रसस्त सम्भावना छ ।” संघीय सासद मा. दुर्गा पौडेलको विकास कोषको सानो हिस्सा र गापाको थोरै लगानीबाट चीनको दिवारको सम्झना झल्काउने सिढी सम्पन्न भैरहेको र २२ से २४ से राजाको दरवार समेतको भाग्नावेश समेत पुरातात्विक हिसावले अतिमहत्वपूर्ण रहेको जिसीको भनाई थियो ।

“सेरोफेरोमा रहेका देशकै १०० गन्तब्यमा सूचिकृत एशिया कै ठूलो प्राकृतिक रक गार्डन, ढुंगे युगको चाल चलन र संस्कृति झल्काउने ईस्नाथान, खड्क कोट र भुल्केको ब«ुद्धको विशालकाय प्रतिमा बन्न सक्ने कल्पना गरिएको चट्टान आदि असिमित सम्भावना भएका स्थानहरुको ब्यवस्थापन गर्न सके देश विदेशका पर्यटक भित्राउने केन्द्र बन्न सक्छ ।” जिसीले अगाडि भन्नु भयो– “तर ती अपार सम्भावना बोकका स्थानहरु यही प्रदेश भित्र पर्दछन् भन्ने कुरा मलाई जानकारी छ, कहिल्यै प्रदेशबाट अवसर नपाएका त्यहाँका जनता र मन्त्री ज्यूलाई त्यो पनि ५ नं प्रदेश कै हिस्सा हो भन्ने आंकलन छ कि छैन ?”

ओखरकोट कोटको भ्यू टावर, रोल्पा खुङ्रीको शहिद प्रतिक्षालय सहित जम्मा तीनवटा माग सम्बोधन गराउन पटक पटक पुग्दा पनि तीन बर्षदेखि राजनैतिक पूर्वाग्रह र महिला भएकै कारण एउटा योजना पनि सम्बोधन नगरेकोले पर्यटन मन्त्रालयप्रति सांसद जिसीले रोष प्रकट गर्नु भयो ।

“हामी समानुपातीक सांसदहरु प्रत्यक्षको साक्षी बस्न आएका होईनौ, मन्त्री र मन्त्रालय मालिक, हामी वहाँहरुका खेताला हौं ?” ठोस विषयमा ठोस जवाफ दिन माग गर्दै सांसद जिसीले थप्नु भयो– “हामीले जनताका समस्याहरु सम्मानीत सदनमा उठाउने गर्दछौ, मन्त्री ज्यूहरुले हाम्रो प्रश्नको आधारमा टेकेर होईन आफ्नो अनुकुलतामा जवाफ दिने प्रवृती रहेको छ ।”

“तष्करहरुद्वारा ठूलो अनुपातमा चोरी निकासी भैरहेको र अर्को तर्फ विदेशबाट महंगो काठ मगाएर फर्निचर बनाउनु पर्ने वाध्यताको अन्तगर्न सरकारले केहि पहल गरको छ छैन ?” सरकारले वन क्षेत्रको उत्पादन, ब्यवस्थापन र वितरणको जति कुरा गरे पनि जंगलभरी काठ सढेर समाप्त भएको र जनताले उपयोग गर्न पाएकोको समेत जिसीले संसदमा अवगत गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार