पलियादेखि बेंगलोर जाँदै गरेको यात्रुवाहक बस दुर्घटनाग्रस्त

नागपुर, २४ डिसेम्बर । अस्ती विहान नेपाल भारत सिमाक्षेत्रको पलियाबाट हिडेको KA19D5286 नम्बर रहेको यात्रुवाहक बस आज विहान नागपुर आइपुग्दा दुर्घटनाग्रस्त भएको समाचार छ । गाडि NNK ट्रावेल्सको रहेको जानकारी हुन आएको छ ।

हामीलाई दुर्घटनास्थल नागपुरबाट बसमा यात्रा गरिरहनु भएका यात्रु खडक बहादुर खातील दिएको जानकारी अनुसार बसका सवै यात्रुहरु सुरक्षीत रहेको र केहिलाई मात्र सामान्य चोट लागेको भएपनि अहिले भने प्राथमिक उपचार पछि सबै यात्रुहरु अर्को बसको प्रतिक्षामा रहेका छन् ।

नागपुरको पेन्ड्रीस्थित भिरालोमा गाडिको संतुलन विग्रिए पछि करिव ८/१० मिटर तल खसेको भनाइ यात्रु खडक बहादुर खातीको रहेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार