पश्चिम भारतमा महिला श्रमिक दिवस मनाइयो

वापी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय महिला बिभागको आयोजनामा १११औं अन्तर्रास्ट्रिय महिला श्रमिक दिवस मनाइएको छ ।

क्षेत्रीय महिला बिभागकी सदस्य बिना काउछाको सञ्चालन क्षेत्रीय महिला बिभाग कि अध्यक्ष रमकला काउछाको अध्यक्षता र प्रमुख अतिथि केन्द्रीय सदस्य गोविन्द बहादुर थापा, क्षेत्रीय अध्यक्ष बेदबहादुर कार्की, क्षेत्रीय सदस्य शोभा धामी, क्षेत्रीय सदस्य बिष्णु माया शर्मा, क्षेत्रीय सदस्य गनबहादुर राना, क्षेत्रीय सदस्य सीता थापा लगाएतको अतिथि रहेको थियो ।

महिलाहरु र शोषित पीडित मजदुरहरुको निम्ति संघस गर्दा गर्दै सहिद हुनुहुने सम्पुर्ण महिला शहिदहरुप्रति १ मिनेट मौनधारण गरिएको थियो । उपस्थित सम्पुर्णलाई क्षेत्रीय महिला बिभाग कि सचिव कमला ढकालले स्वागत मनतब्य राख्नु भएको थियो र क्षेत्रीय महिला बिभाग अध्यक्ष रमकला काउछाले पश्चिम भारतमा बिभिन्न तरिकाले शोषित पीडित धेरै महिलाहरुलाई हाम्रो महिला बिभाग न्याय दिलाउनको साथै विभिन्न सहयोग गर्दैआएको कुरा सर्वबिदत नै छ ।

अबका आउँदा दिनमा पश्चिम भारतका महिला बिभागलाई ब्यबस्थित गर्दै पश्चिम भारतभरि प्रवासी पीडित नेपाली दिदिबहिनीहरुलाई न्याय दिलाउनको साथै सहयोग गर्न मूल प्रवाह पश्चिम भारत क्षेत्रीय महिला बिभाग सफल रहने विश्वास दिलाउनु भयो ।

प्रमुख अतिथी गोविन्द बहादुर थापाले महिलाहरुले जति हक अधिकार अहिले प्राप्त गरेका छन् संघर्षको बलले प्राप्त गर्नुभएको बताउनु भयो । अबका दिनहरुमा पनि धेरै अधिकार प्राप्त गर्नु पर्ने थापाको थप भनाई थियो । महिलाहरुको एकता र संघर्षले मात्र प्राप्त गर्न सकिने थापाले भन्नु भयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार