पाँच पूर्वप्रधानमन्त्रीको अपिल

काठमाडौं । पाँच पूर्वप्रधानमन्त्रीहरुले सरकारका गलत काममा साथ नदिन कर्मचारी र प्रहरी प्रशासनलाई आग्रह गरेका छन् । ५ जना पूर्वप्रधानमन्त्रीले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै सरकारका गलत काममा संलग्न नहुन प्रशासन र सुरक्षा निकाय लगायत राज्यका निकायलाई आग्रह गरेका हुन् ।

पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराई ले जारी गरेको संयुक्त विज्ञप्तिमा सरकारलाई दीर्घकालिन महत्वका निर्णय नगर्न आग्रह गरेका गरिएको छ ।

विज्ञप्तिमा नेपालको इतिहासमा कहिल्यै नभएको सत्ता लिप्सा अहिले देखिएको भन्दै प्रधानमन्त्री केपी ओलीले सर्वोच्च अदालतलाई पार्टीको बैठकबाट मात्र होइन महान्यायाधीवक्तामार्फत पनि धम्याउन खोजेएको आरोप लगाएका छन्।

राज्यन्त्रलाई महामारीबाट जनताको सुरक्षामा केन्द्रीत गर्नुपर्नेमा प्रधानमन्त्रीले सत्ता राजनीति, अन्योल, अनिश्चय र अस्थिरताको खेती गरिरहेको उनीहरुले बताएका छन् ।

यस्तो छ विज्ञप्ति

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार