पाण्चेरीमा माओ दिवस सम्पन्न

पाण्डेचरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति पाण्डिचेरीको आयोजनामा सर्वहारा बर्गका महान नेता माओत्सुङको १२७ औं जन्म दिवश सम्पन्न पारिएको छ । जमूना शर्माको सञ्चालन तथा जनक राज पौडेलको अध्यक्षताबाट अगाडि बढेको सो कार्यक्रममा शहिदहरुको सम्मानमा एक मिनेट मौनधारण पछि विनोद गायकले स्वागत मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा दक्षिण भारत क्षेत्रीय समितिका सदस्य डिल्ली प्रसाद शर्मा, नगर सदस्य बिष्णु शर्मा, गंगाराम शर्मा, महिला विभागबाट सरस्वती गायक, जिपमेर एरिया समितिबाट माधव आचार्य, उत्तर टाउन एरिया समितिबाट प्रेम सुवेदी लगायतका वक्ताहरुले माओत्सुङको योगदान, जनबादी क्रान्ती र नेपालको सन्दर्भमा माओ विचारधाराको महत्व बारे प्रष्टाउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार