पाण्डेचरीमा संघीयता विरुद्ध सभा सम्पन्न

जनकराज पौडेल
पाण्डिचेरी, नभेम्बर २९ । नेपालमा राष्ट्रिय जनमोर्चाले आयोजना गरेको संघीयता खारेज गरियोस्, कोरोना भाईरस् उपचारमा प्रभावकारी कदम् चालियोस् भन्ने मूल नारा सहित विरोध कार्यक्रमको, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति पाण्डिचेरीको आयोजनामा ऐक्यबद्धता सहितको विरोध कार्यक्रम सम्पन्न पारिएको छ ।

नगर उपाअध्यक्ष नरबहादुर केसीको अध्यक्षता, सदस्य विष्णु शर्माको सञ्चालन, कार्यक्रममा, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समिति सचिव तथा नगर अध्यक्ष जनकराज पौडेल, केन्द्रीय सदस्य भगवति कूवँर, परिषद् सदस्य, चन्द्रकान्त शर्मा, दक्षिण भारत क्षेत्रीय समिति सदस्य डिल्ली प्रसाद शर्मा, विद्यार्थी विभाग क्षेत्रीय सचिव पृया कुवँरको आथित्यता रहेको थियो ।

शहिदहरुको सम्मानमा एक मिनेट मौनधारण, पछि उपस्थित जनमानसलाई नगर सदस्य भद्र बहादुर जिसीले स्वागत दिनु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सचिव जनक राज पौडेलले संघीयता नेपालको सन्दर्भमा अफावशिद्ध भएको र संघीयताले देशको भौगोलिक अखण्डता सार्वभौमिकताप्रति खतरा पैदा गरेको, कुनै पनि जनआन्दोलनमा संघीयताको माग नभएको, जनताको चहाना देशको आवाश्यकता विपरित विदेशीशक्ति केन्द्रको नेपाल टुक्राउने रणनीति षडेयन्त्रमा, ठुलादलका नेताले संघीयताको भारि बोकेको, सत्ता स्वार्थमा नेताले स्विकार गरेको । अहिले गलपासो महशुष गरेको आभाष भएको छ । अन्ततः संघियताको खारेजको विकल्प नभएको प्रष्टाउदै सरकारले कोरोना भाईरस् उपचारमा प्रभावकारी भुमिका खेल्न असफल भएको बताउनु भयो ।

त्यस्तै केन्द्रीय सदस्य भगवति कुवँरले कोरोना भाईरस् उपचारमा जनता प्रति सरकारको गैरजिम्मेदारी, उदाशिन नीति रहेको, संघीयता खारेज हुनुपर्ने भन्दै कडा विरोध गर्नु भएको थियो ।

चन्द्रकान्त शर्माले संघीयता खारेज गर्दै देशमा अहिले पनि प्रतिगमन शक्तिहरु चलखेल गरिरहेको सरकारका गलत नीतिको भण्डाफोर गर्दै नेपाली जनताको दशकौदेखिको माग र जनआन्दोलनका उपलब्धि गणतन्त्र धर्मनिपेक्षताको संरक्षण गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

डिल्लि प्रसाद शर्माले संघीय प्रणाली अन्तर्गतका प्रदेश संरचना खारेज गर्दै स्थानीय सरकारलाई अधिकार सम्पन्न गराउनु पर्नेमा विचार प्रकट गर्नुभएको थियो ।

कार्यक्रममा समता विभागबाट सुर्य गायक, महिला विभागबाट सविता विक, रक्तिम विभागबाट राजु थापा, कोईला पालायाम् एरिया समितिबाट मेघराज पौडेल, ईडियनचौंडी एरियाबाट शोम बहादुर चौधारी, उत्तर टाउन एरियाबाट प्रेम सुवेदी, मध्य दक्षिण टाउन, हिरा देवि शर्मा, मुदलियर पेट एरियाबाट प्रशुराम शर्मा, जिपमेर एरियाबाट श्रीकृष्ण खनाल, राष्ट्रिय जनमोर्चा सिमरा एरिया समितिको तर्फदेखि तिल प्रसाद शर्मा हुनुहुन्थ्यो । कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार