पाण्डेचेरीमा अन्तक्र्रियात्मक कार्यक्रम सम्पन्न

पाण्डेचेरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति पाण्डिचेरीको आयोजनामा अग्रेजी नयाँ बर्षको आगमन संगै संगठन र ब्यवारिक पक्ष विषयमा अन्तक्र्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।

नगर सचिव गोविन्द शर्माको सञ्चालन तथा जनक राज पौडेलको अध्यक्षताबाट अगाडि बढेको सो कार्यक्रममा शहिदहरुको सम्मानमा एक मिनेट मौनधारण पछि नगर उपाअध्यक्ष नर बहादुर केसीले उपस्थित जनसमुदायहरुलाई स्वागत गर्नु भएको थियो ।

संगठन र ब्यवहारिक पक्षमा मूल प्रवाह केन्द्रीय पार्षद सदस्य तथा नगर सदस्य चन्द्रकान्त शर्माले धारणा राख्नु भएको थियो । विषयमा केन्द्रित रहि– केन्द्रीय समिति सदस्य भगवति कूवँरले विचार ब्यक्त गर्नु भयो । त्यस्तै कार्यक्रममा भाग लिदै मूल प्रवाह दक्षिण भारत क्षेत्रीय समितिका सदस्य डिल्ली प्रसाद शर्मा विचार राख्नु भएको थियो ।

त्यस्तै नगर समिति सदस्य विष्णु शर्मा, राजेन्द्र जीसी, कृष्ण खनाल, मध्य दक्षिण टाउन एरिया समितिबाट राजु पौडेल, मुदालियर पेट एरियाबाट माधव पौडेल, रवि पौडेल, महिला विभागबाट जमुना शर्मा र अन्तिममा कार्यक्रमका अध्यक्ष तथा क्षेत्रीय सचिव जनकराज पौडेलले उक्त विषय सम्बन्धी धारणा राख्दै कार्यक्रमको समापन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार