पाण्डेचेरीमा संयुक्त एरिया सम्मेलन सम्पन्न

पाण्डेचरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति पाण्डिचेरी अन्तर्गत मध्य दक्षिण र दक्षिण टाउन एरिया समितिको २५ औं संयुक्त बार्षिक सम्मेलन भव्यरुपमा सम्पन्न भएको छ ।

जनक राज शर्माको सञ्चालन र गोपाल गिरीको अध्यक्षताबाट अगाडि बढेको सो सम्मेलनमा शहिदहरुको सम्मानमा १ मिनेट मौनधारण पछि, जमूना शर्मा स्वागत मन्तव्य दिनुभएको थियो ।

सम्मेलनमा मूल प्रवाह केन्द्रीय सदस्य भगवती कुँवर, वैकल्पिक सदस्य जनकराज पौडेल, सल्लाहकार सुर्य बहादुर थापा, परिषद सदस्य चन्द्रकान्त शर्मा, दक्षिण भारत क्षेत्रीय समिति सदस्य डिल्ली प्रसाद शर्मा, नगर सचिव गोविन्द शर्मा, सदस्य गंगाराम शर्मा, महिला विभागकी बिष्णु शर्मा, कुमारी थापा, समाता विभाग, गमबहादुर वि.क, महिला विभाग सविता विक, नगर सदस्य, श्रीकृष्ण खनाल, रक्तिम विभागबाट हरिकला थापाले आतित्थ्यता गर्नु भएको थियो ।

सम्मेलनको उद्घाटन केन्द्रीय समिति सदस्य भगवति कँुवरले गर्नु भएको थियो । सबै अथितिहरुले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारत ब्यापी नेपालीहरुको बीचमा खेल्दै आएको भुमिका बारे र संगठित शक्तिको महत्व बारे बोल्नु भएको थियो । साथै मुदलिय पेट एरिया समितिबाट राजु पराजुलीले सम्मेलन सफलताको शुभकामना दिनुभएको थियो । सम्मेलनले निम्न अनुसार एरिया समिति र पदाअधिकारीहरु निर्वाचित गर्दै घोषणा गरेको छ ।

मध्य दक्षिण टाउन एरिया समिति :
अध्यक्ष– राजु पौडेल, उपाअध्यक्ष– सविता विक, सचिव– हिरा देवि शर्मा, सहसचिव– सञ्जू पौडेल, कोषाध्यक्ष– चन्द्रकान्त शर्मा, सदस्यहरुमाः विष्णु शर्मा, जमूना शर्मा, गणेश शर्मा, जनकराज पौडेल, प्रेम राना भाट र नारायण पौडेल रहुनु भएको छ ।

दक्षिण टाउन एरिया समिति : 
अध्यक्ष– गोपाल गिरी, उपाअध्यक्ष– हरि कला थापा, सचिव– जनक राज शर्मा, सहसचिव– अशोक वहिक, कोषाध्यक्ष– सुर्य बहादुर थापा, सदस्यहरुमा, गिता गिरी, किरण क्षेत्री, गोविन्द गौतम, रामुु शर्मा, वैकल्पिक सदस्यहरुमाः शुसिला केसी, राजू थापा, सुमन थापा र सल्लाहकारहरुमाः लोकबहादुर गुरुङ, निलम पौडेल र मोहन हमाल रहनु भएको छ ।

दुबै एरियाका नव निर्वाचित कार्यकारिणीहरुलाई केन्द्रीय समिति सदस्य भगवति कँुवर र नगर सचिव गोविन्द शर्माले बधाई दिनुभएको थियो । स्मरणीय रहोस् दक्षिण टाउन एरिया अन्तर्गत व्यापक जनसंख्यालाई मध्यनजर गर्दै, मध्यदक्षिण टाउन एरिया समिति निर्माण गरिएको थियो । संयुक्त सम्मेलन भब्यरुपमा सम्पन्न भएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार