पार्टी संगठन, आन्दोलनसँग जोडिएको आर्थिक पक्ष र जिम्मेवारी

  • जीवज पराजुली

शोषित पिंढित वर्गले राज्यसत्ता प्रात गर्नको निम्ति लामो लडाई लड्नु पर्छ, त्यसको लागि उनीहरु संगठित हुनुपर्छ । त्यो लडाई लड्नको निम्ति उनीहरुसँग हुने एउटै हतियार हो । उनीहरु बिचको ब्यापक एकता एक अनुशासित संगठन हो ।

युगौंयुगदेखि मानव समाजमा हुँदैआइरहेको सबैखाले थिचोमिचो असमानता, बिसंगति र विभिन्न खालका बिभेदहरुलाई समाप्त पार्ने उद्देश्यले दुनियाँ कम्युनिष्ट पार्टीको स्थापना भएको हो । त्यो महान कार्य त्यति सजिलो हुँदैन त्यको लागि कम्युनिष्ट पार्टीले हजारौं त्याग र बलिदान, आन्दोलन, संघर्षका कैयौं चरणहरु पार गर्दै जानु पर्ने हुन्छ । यसैक्रममा पार्टी, संगठन र आन्दोलनसँग जोडिएको एउटा महत्वपूर्ण पक्ष हो आर्थिक पक्ष ।

बर्तमान पुँजिबादी समाजमा आर्थिक बिना दुनियाँमा कुनै पनि क्रान्तिकारी आन्दोलन अगाडि बडाउन सकिँदैन पार्टी वा संगठन भित्र आर्थिक पक्ष मजबुत भएन भने संगठनात्मक पक्ष आर्थिक हिसाबले निकै कमजोर बन्न जान्छ । परिणाम पार्टीले आफ्ना निर्धारित कार्य योजना संर्घष र आन्दोलनका कार्यक्रमहरु अगाडि बढाउन सक्दैन । संगठन परिचालन गर्ने सवालमा पनि आर्थिक पक्ष मजबुत भएन भने कैयौं बाधा र कठिनाइहरु उत्पन्न हुन्छन् । त्यसैले हामीले पार्टी,संगठन र आन्दोलनको साथ साथै आर्थिक पक्षलाइ पनि मजबुत बनाउन अत्यन्तै जरुरि छ ।

हामीले हाम्रो पार्टी जीवनमा पार्टी र संठनलाइ निरन्तर रुपले आर्थिक भौतिक र नैतिक रुपले सहयो गर्दै आएका छौं यो एउटा अत्यन्तै राम्रो र महत्वपूर्ण पक्ष हो हामीले भविष्यमा एस्प्रकारका वा यो भन्दा पनि अझै उच्च प्रकारका कैंयौं सहयोगहरु गर्नुपर्ने हुन्छ । कम्युनिष्ट आन्दोलनको यात्रा समाजबाद र साम्यवादसम्मको यात्रा हो जबसम्म समाजमा केहि मुठ्ठीभर शासकहरुद्धारा षोषित तथा उत्पिडित वर्गहरुमाथि हुने हरेक खालको बिभेदहरु सदा सदाको लागि समाप्त हुँदैनन् तेतिबेलासम्म कम्युनिष्ट आन्दोलन निरन्तर चलिरहन्छ ।

जहाँसम्म हामी पार्टी सदस्यकहरुको जिम्मेवारीको सवाल छ हामीले समाजबाद र साम्यवादमा आस्था राख्छौं भने एउटा पार्टी सदस्यको लागि पार्टी नै उसको सबै थोक हो र उसले आफ्नो जीवनमा कैंयौं दुःख कष्ट र विभिन्न खालका चुनौतीहरुका बाबजुद पनि पार्टीलाई निरन्तर सहयोग गरिरहेको हुन्छ । पार्टीले आफ्ना निश्चित कार्ययोजनाहरुलाई अगाडि बढाउन आर्थिक सम्बन्धि केहि आर्थिक कोषहरु खडा गरेको हुन्छ । जस्तै उदाहरणको लागि कार्यकर्ता कोष, कार्यलय ब्यबस्थापन खर्च, प्रकाशन, पार्टी स्कुल, मसलन्द खर्च, सामन्य खर्च, आन्दोलनहरुको क्रममा घाइतेहरुलाई उपचार खर्च, आदि जस्ता कैंयौं खर्चहरुको लागि आर्थिकको ठुलो आवस्यकता पर्ने हुँदा यि यावत खर्चहरु जुटाउन पार्टिले कैंयौं कार्य योजना बनाउँछ पार्टीका आर्थिक सम्बन्धि कार्ययोजनाहरुलाई पार्टी सदस्यहरुले पार्टी समर्थक तथा सुभचिन्तक र आम जनसमुदायहरु समक्ष सहयोको अपिल लिएर जानुपर्ने हुन्छ ।

कुनै खास अवस्थामा खास कामको लागि पार्टीले बेला बेलामा बिशेष आर्थिक अभियानहरु सञ्चालन गर्ने गर्दछ । त्यो पार्टीले सञ्चालन गरेको आर्थिक अभियानलाई सम्पन्न पार्नको लागि हरेक निकायहरुलाई निश्चित कोटाहरु निर्धारण गरेको हुन्छ । पार्टीले सञ्चालन गरेका आर्थिक अभियान कोटा पुर्ति गर्ने सवालमा पार्टी सदस्यहरुको सधैं महत्वपूर्ण जिम्मेवारी रहेको हुन्छ ।

पार्टीले सञ्चालन गरेका आर्थिक अभियानलाई तथा निर्धारित गरेका कोटा पुर्ति कसरी गर्ने भन्ने बारे पार्टीका शुभचिन्तक र समर्थकहरु भन्दा पार्टी सदस्यहरुमाथि धेरै ठुलो जिम्मेवारी रहेको हुन्छ । पार्टिका सदस्यहरुले पार्टीले सञ्चालन गरेको आर्थिक अभियानलाई सफल बनाउन बिशेष ध्यान दिनुपर्ने जरुरी छ । पार्टीले सञ्चालन गरेको आर्थिक अभियान सम्पन्न पार्न हामी सम्पुर्ण पार्टी सदस्यहरुको बिषेश जिम्मेवारी हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार