पुनाको विमान नगरमा मूल प्रवाहको एरिया समिति गठन

पुणे, ८ डिसेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति पुणे अन्तर्गत विमान नगरमा केन्द्रीय समितिका सचिव प्रेम पौडेलको बिशेष उपस्थितिमा श्रमजिवी नेपालीहरु बीच भेला सम्पन्न भएको छ । पौडेलले भारत प्रवासमा एकता समाजको भूमिका र महत्वको बारेमा प्रकाश पार्नुभएको थियो ।

भेलाले अध्यक्ष कृष्ण प्रसाद अधिकारीको अध्यक्षतामा २१ सदस्यीय विमान नगर एरिया समितिको गठन गरिएको छ । जसमाः उपाध्यक्ष– धन बहादुर विक, सचिव– लक्षमण विक, सहचिव– प्रेम राओत र कोषाध्यक्ष– राम बाजी रहनुभएको छ । सदस्यहरुमा क्रमसः प्रकाश जेठारा, चक्र विक, जनक भूल, रमेश विश्वकर्मा, महेन्द्र विक, साहु विक, दलि विक, सेरबहादुर विक, भरत विक, जोगिन्द्र विक, करन विक, लक्ष्मण विक (ख) तारा ऐर, रोहित शर्मा, देबबहादुर विक र झकेन्द्र विक रहेका छन् । मूल प्रवाह तीन दिन देखिको लगातार प्रशिक्षण पश्चात् सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार