पेटको बिमारीबाट ग्रसित बालिकालाई मूल प्रवाहद्वारा आर्थिक सहयोग

निमराना (राजस्थान) । पेटको बिमारीबाट ग्रसित भएकी ११ वर्षीय बालिकालाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति निमरानाद्वारा आर्थिक सहयोग गरिएको छ । जिल्ला प्यूठान, स्वर्गद्वारी नगरपालिका, वडा नं २, नयाँ टोल घर भएका शोभाराम घर्ती (कमला घर्ती)की कान्छी छोरी ११ वर्षीय शर्मिला घर्ती पेटको बिमारीबाट ग्रसित भै हरियाणाको रेवाडीमा ग्यासट्रो एंड लिवर अस्पतालमा उपचार चलिरहेको छ ।

पिडि़तका बुवा शोभाराम घर्तीले छोरीको लामो समयदेखि पेटको उपचार चलिरहेको र आफ्नो आर्थिक अवस्था कमजोर रहेको तथा उपचारमा ठूलो रकम लाग्ने भएकोले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति निमरानामा आर्थिक सहयोगको लागि निवेदन दिनुभएको थियो ।

निवेदन प्राप्त हुना साथ मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति निमरानाले छलफल गरि सहसचिव गोविन्द घर्ती मगरको नेतृत्वमा सहयोग आर्थिक संकलन गरिएको थियो । यसरी सहयोगदाताहरूबाट उठेको सहयोग रकम भा.रु. २७८००/– सत्ताईस हजार आठ सय रुपय पिडि़तका बुवा शोभाराम घर्तीलाई हस्तांतरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार