पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य बढाएको हो ।

मूल्य वृद्धिसँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय २० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको १ सय ३ रुपैया पुगेको छ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने नबढाएको जनाएको छ ।

इण्डियन आयल कर्पोरेशनले मूल्य बढाएर पठाएको सूचना अनुसार नेपालमा मूल्य वृद्धि गरिएको निगमको भनाई छ। निमगलाई हालको मूल्य सूचि अनुसार अझै घाटा रहेको निमगको दाबी छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार