पोखरेलप्रति मूल प्रवाह केन्द्रीय समितिद्वारा भावपूर्ण श्रद्धान्जली

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिका सदस्य दोर्ण प्रसाद पोखरेलको निधनप्रति मूल प्रवाह केन्द्रीय समितिले गहिरो दुःख प्रकट गरेको छ । समाजका अध्यक्ष दुर्गाबहादुर केसीले एक शोक वक्तव्य प्रकाशित गरी एक क्रान्तिकारी र अत्यन्तै इमान्दार कार्यकर्ता गुमाउनु पर्दा मूल प्रवाहलाई गम्भीर क्षति पुगेको उल्लेख गर्नुभएको छ ।

५९ वर्षीय पोखरेलको सोमबार पञ्जाबको पटियाला स्थित राजेन्द्र अस्पतालमा निधन भएको हो । अस्पतालले वहाँको निधन कोविड–१९ का कारणले भएको रिपोर्ट दिएको छ ।

अध्यक्ष केसीले वक्तव्यमा भन्नुभएको छ, ‘दोर्ण प्रसाद पोखरेलको निधन भएको समाचारले हामीलाई स्तब्ध बनाएको छ । वहाँको ७ सितम्बर २०२० को निधन भएको थियो ।”

पोखरेलले सन् १९९० मा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति लुधियाना अन्तर्गत टोल समितिमा संगठित भई हालसम्म भारत प्रवासमा प्रवासी नेपालीहरुका हकहितको पक्षमा लगातार संघर्षरत हुनुहुन्थ्यो ।

शोक वक्तव्यमा भनिएको छः

“रोजगारीको शिलशिलामा पञ्जाबको लुधियाना पुग्नु भएका श्री दोर्ण प्रसाद पोखरेलको सोमबार ७ सितम्बर २०२० का दिन विहान ७ बजे दुःखद निधन भएको समाचारले हामीलाई स्तब्ध बनाएको छ । ५९ वर्षका पोखरेलले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको टोल समिति हुँदै हाल सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिको सदस्य तथा सन २०१४ मा लखनऊमा सम्पन्न सातौं अखिल भारत सम्मेलनबाट केन्द्रीय परिषद सदस्यमा चयन हुनुभएको थियो ।

श्री दोर्ण प्रसाद पोखरेल सन १९९० देखि एकता समाजमा संगठित भई हालसम्म प्रवासी नेपालीहरुको हकहितमा निरन्तर खटिरहनु भएको थियो । एकता समाजको टोल समितिदेखी हालसम्म जुन–जुन स्थानमा रहेर संगठनको जिम्मेदारी पाउन भयो, वहाँले निर्विबाद, स्वच्छ र जिम्मेवारी पूर्वक काम गर्दै आउनु भएको थियो । तर दुःखसाथ भन्नु पर्दा आज हामीले एउटा क्रान्तिकारी, इमान्दार र जुझारु कार्यकर्ता गुमाएका छौं । वहाँको निधनले सिंगो मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई अपूर्णीय क्षति पुगेको छ ।

वहाँले हामीलाई इमान्दारिता, मृद स्वभाव, समयमीत बानी र मितव्ययी व्यवहार आम कार्यकर्ताले अवलम्बन गर्नै पर्ने शिक्षा दिएर जानुभएको छ । वहाँले दिएको एउटा पनि राम्रो बानी हामी आम कार्यकर्ताहरुले अवलम्बन गर्न सक्यौं भने मात्रै वहाँप्रतिको सच्चा श्रद्धान्जली हुनेछ । साथै आम कार्यकर्ताहरुले शोकलाई शक्तिमा परिणत गरि वहाँले देखाएको बाटोमा अग्रसर रहन अनुरोध गर्दछौं ।

वहाँको निधनले परिवारजनमा पर्न गएको दुःखप्रति गहिरो समवेदना प्रकट गर्दै, मृतकप्रति भावविनी श्रद्धान्जली प्रकट गर्दछौं ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार