प्युठानको झिमरुकमा युवाहरु स‌ंगठित

खलङ्गा। अखिल नेपाल युवक सङ्घ झिमरुक गाउँपालिका वडा नं. ५ को भेला ओखरकोटको हिरापोखरीमा सम्पन्न भएको छ । भेलाले धु्रव जिसीको अध्यक्षतामा १७ सदस्यीय वडा समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा रामबहादुर जिसी, सचिवमा धिरकन विक, सहसचिवमा शङ्करबहादुर जिसी र कोषाध्यक्षमा मञ्जु सुनार चयन हुनुभएको छ । त्यसैगरी, समितिको सदस्यमा प्रकाशविक्रम जिसी, सन्देश श्रेष्ठ, वसन्तबहादुर जिसी, भरतबहादुर परियार, अशोक जिसी, भरत जिसी, केसर रोकामगर, गणेश रोका र सुशील जिसी रहनुभएको छ।

भेलामा रणबहादुर खड्का, सूर्यबहादुर विक, मदनबहादुर जिसी, लोकबहादुर खड्का, रविन जिसी, विजय रोकालगायतले आफूहरू राष्ट्रिय जनमोर्चामा नै आबद्ध रहेको घोषणा गर्नुभएको थियो भने चन्द्रबहादुर सामतले लामो समयदेखि नेपाली काङ्ग्रेसमा र भुर्कबहादुर दर्जीले पूर्व माओवादीमा काम गर्दै आएकोमा ती पार्टी परित्याग गरी राष्ट्रिय जनमोर्चामा आबद्ध हुनुभएको थियो ।

भेलाको प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका जिल्ला सल्लाहकार वीरबहादुर जिसी, राजमो जिल्ला सदस्य तथा ५ नं. का वडाध्यक्ष टीका जिसी, अखिल (छैठौं) का केन्द्रीय सचिव सुवाश जिसी, वडा नं. ३ का अध्यक्ष मिनबहादुर केसी, राजमो नेता केसरजङ्ग एमसी, युवक सङ्घका रामबहादुर केसी, लिमानसिंह जिसी, अर्जुन विक, नवराज केसी, रामबहादुर विक, जातीय समता समाजका अइन्द्र विक, पूर्व गाविस उपाध्यक्ष सकुन्तला जिसी, अखिल भारत नेपाली एकता समाजका कृष्ण विक, स्थानीय समाजसेवी रेकमबहादुर महतारा, धर्मबहादुर जिसी, वीरबहादुर विक, निमानसिंह जिसी, निमबहादुर विकलगायतको उपस्थिति रहेको थियो ।

भेलाको अध्यक्षता अशोक जिसी, स्वागत लक्ष्मण विक तथा संचालन धिरकन विकले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार