प्युठानबाट प्रधानमन्त्रीलाई ज्ञापनसहित विरोध सभा

प्युठान । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) खारेजीको माग गर्दै प्युठानमा विरोध प्रदर्शन गरिएको छ । सोमबार सदरमुकाम खलगांमा गरिएको विरोध प्रदर्शनका क्रममा प्लेकार्ड तथा ब्यानरसहित नाराबाजी गरिएको थियो ।

त्यस क्रममा आयोजित विरोध सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवं प्रदेश ५ का अध्यक्ष बोमबहादुर खत्रीले एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै खारेजीको माग गर्नुभएको थियो।

विरोध सभामा नेकपा (मसाल) का जिल्ला प्रवक्ता ज्ञामुराम न्यौपाने, नेकपा (क्रान्तिकारी मओवादी) का पीवीएम धनेश्वर गौतम, नेकपा (माले) का जिल्ला सचिवतिलविक्रम केसी र देशभक्त जनतान्त्रिक मोर्चाका प्रतिनिधिले सम्बोधन गर्नुभएको थियो ।

त्यस अघि प्युठान जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई एमसीसी खारेज गर्न माग गर्दै ज्ञापन पत्र पठाइएको राजमो केन्द्रीय सदस्य खत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार